खपिनसक्नु गर्मीका कारण सुनसरीका विद्यालय ३ दिन बन्द
काठमाडौं । अत्यधिक गर्मीका कारण सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिइएको छ ।
आजदेखि यही जेठ ३० गतेसम्मका लागि बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिएका छन्। मंगलबार नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर परी पठनपाठनमा समस्या उत्पन्न भएकाले यहाँका सबै विद्यालयमा बिदा दिने निर्णय गरिएको उनले जानकारी दिए ।
उक्त बिदा बर्खे बिदाबाट कट्टा हुने बताइएको छ । इनरुवासहित पूर्वी नेपालमा पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेको छ । त्यसैगरी इटहरी उपमहानगरपालिकाले समेत गर्मीका कारण एक दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाका कार्यवाहक मेयर सङ्गीता चौधरीले मङ्गलबार एक सूचना जारी गर्दै इटहरी क्षेत्रभित्रका सबै विद्यालयमा आज गर्मी बिदा दिने जनाएको हो ।
अत्यधिक बढ्दो तापक्रमका कारण विद्यालय सञ्चालनमा कठिनाइ भइरहेको र विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेकाले बिदा दिएको उनले बताए । स्थानीय तहको यो निर्णयले विद्यार्थी, अभिभावक र विद्यालय सञ्चालकलाई केही राहत दिने विश्वास गरिएको छ ।
Comments
अरु समाचार
-
इजरायल पुगेका मेयर कोइराला उतै फसेपछि…
काठमाडाैं । इजरायलको औपचरिक निमन्त्रणा मान्न त्यहाँ पुगेका विराटनगरका मेयर नागेश कोइराला जारी युद्धका कारण इजरायलमै फसेका छन् । इजरायलले...
-
अग्नि सापकोटा र भिजिट भिसा प्रकरणमा प्रचण्डः वाहियात कुप्रचार चलिरहेको छ
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद खुलाउनका लागि सत्तारुढ दल कांग्रेस-एमालेसंग भएको सहमति आफ्नो पार्टीका...
-
अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ घाइते
काठमाडौं । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–८ बाघखोरमा टेम्पो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सदरमुकाम सल्लेरीबाट ओखलढुंगा जाँदै गरेको...
-
कार्यकर्ता भेट्न एमालेसंग अनुमति लिनुपर्दैनः पूर्वराष्ट्रपति भण्डारी
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेउवी भण्डारीले कार्यकर्ताहरुसंग भेट्दा नेकपा एमालेसंग अनुमति लिइरहनु नपर्ने बताएकी छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसंगको प्रश्नमा पूर्वराष्ट्रपति...
-
परराष्ट्र सचिव राईलाई पितृ शोक
काठमाडाैं । परराष्ट्र सचिव अमृतबहादुर राईका बुवा इन्द्रबहादुर राईको निधन भएको छ । उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा राईको ८३...
-
यातायात व्यवसायीसँग छलफल गर्न १२ सदस्यीय वार्ता समिति गठन !
काठमाडौं । सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ । गृह मन्त्रालयमा आज बसेको बैठकले भौतिक...
-
विद्यार्थीको सर्वाङ्गिण विकासका लागि अभिभावकलाई पनि शिक्षित बनाउँदै ‘एभरेस्ट स्कुल विराटनगर’ !
काठमाडौं । ‘बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरुको सर्वाङ्गिण विकासका लागि अभिभावकको भूमिका पनि उत्तिकै हुँदो रहेछ । विद्यालयमा जति...
-
संखुवासभा कांग्रेसका पूराना नेता कुवेर भण्डारीले पार्टीको पदबाट दिए राजीनामा
खाँदबारी । नेपाली कांग्रेस संखुवासभामा लामो इतिहास भएका नेता कुवेर भण्डारीले क्रियाशील सदस्यदेखि सबै पदबाट राजीनामा दिएका छन् । कांग्रेस...
-
२०८२ वर्षको विपद्: २० लाख नागरिक प्रभावित हुने अनुमान
काठमाडौं । यसवर्षको प्रि–मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार...