विभिन्न जिल्लाका प्रजिअसहित २१ कर्मचारीको सरूवा
काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको सरूवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको निर्णयानुसार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीलाई सरूवा, पदस्थापन तथा काज खटाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव राजुराज कडरियालाई गोरखा, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग सिंहदरबारका महानिर्देशक सुरेश पन्थीलाई भोजपुर, गुल्मीका प्रजिअ जनार्दन गौतमलाई डडेलधुरा, मन्त्रालयकी सहसचिव सुनिता नेपाललाई इलामको प्रजिअमा सरूवा गरिएको छ भने इलामकी प्रजिअ कल्पना श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याइएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको सरूवा विवरणअनुसार बैतडीका प्रजिअलाई दीर्घराज उपाध्याय र डोटीका प्रजिअ मोहनराज जोशीलाई गृह मन्त्रालय ल्याइएको छ । मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग सिंहदरबारमा खटाइएको छ ।
सल्यानकी प्रजिअ सावित्रा पुनलाई सहायक प्रजिअका रूपमा डडेलधुरा पठाइएको छ भने गृह मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीलाई सल्यानको प्रजिअमा सरूवा गरिएको छ । गृहका सहसचिव केदारनाथ शर्मालाई जुम्ला, गृहका सहसचिव वासुदेव दाहाललाई रोल्पा, गोरखाका प्रजिअ पुण्यविक्रम पौडेललाई बैतडीको प्रजिअमा खटाइएको छ भने डडेलधुराका प्रजिअ चोमेन्द्र न्यौपानेलाई गृह मन्त्रालय ल्याइएको छ ।
यस्तै अध्यागमन कार्यालय गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत दिनेशसागर भुसाललाई सिन्धुलीको प्रजिअमा पठाइएको छ भने भोजपुरका प्रजिअ नरबहादुर थापालाई गृह मन्त्रालयमा ल्याइएको छ । यस्तै रोल्पाका प्रजिअ खिमबहादुर रायमाझीलाई गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवाको प्रमुख अध्यागमन अधिकृत बनाइएको छ ।
गृह मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरूङलाई डोटीको प्रजिअमामा पठाइएको छ भने सिन्धुलीका प्रजिअ लीलाप्रसाद शर्मालाई गृह मन्त्रालयमा ल्याइएको छ । जुम्लाका प्रजिअ रामबहादुर शाहीलाई सप्तरीको प्रजिअमा सरूवा गरिएको मन्त्रालयले जनाएको छ ।
Comments
अरु समाचार
-
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित...
-
कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित समितिको विवरण संविधान एवं कानुनअनुसार अद्यावधिक गरिएको हो : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूको विवरण आयोगको अभिलेखमा अद्यावधिक गर्दा नेपालको...
-
निर्वाचन आयोगले सार्वजनिक गर्यो समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नामावली (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसद निर्वाचित भएको घोषणा गरेको छ। प्रतिनिधि सभाको निर्वाचनमा पाएको मतका आधारमा दलहरूले समानुपातिक...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
न्यायाधीश पाखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न किन गरे जोड ?
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सुनिल पोखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न जोड दिएका छन् । न्यायाधीश पाखरेलले स्वार्थ...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे कांग्रेस सभापतिसहितका नेता
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । सभापति थापासँगै उपसभापतिद्वय विश्वप्रकाश शर्मा...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...












