ट्रम्पलाई इरानको ठाडो चुनौति, अमेरिकाले अब के गर्छ ?
काठमाडाैं । मध्यपूर्वको तनाव थप बढ्ने देखिएको छ । इरान–इजरायल युद्ध थप उग्र बन्दै गएपछि अवस्था खराब हुने संकेत देखिएको हो ।
यहाँ नयाँ समस्या खडा गरिदिएको छ, इरानी सन्देशले । शक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई तत्काल युद्ध रोक्न धम्की दिएका थिए । तर, इरानका नेताले डोनाल्ड ट्रम्पलाई चुनौतिपूर्ण सन्देश दिँदै इरानले युद्ध नरोक्ने प्रष्ट बताएका छन् ।
ट्रम्पलाई उल्टै धम्की १
इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीले बुधबार एक महत्वपूर्ण सन्देश दिएपछि विश्वयुद्धको औपचारिकता सम्भावनाका विश्लेषण बढेका हुन् । इजरायलले अमेरिकी आडमा ६ दिनदेखि जारी राखेको आक्रमणबीच उनले कडा सन्देश दिएका हुन् । सम्बोधनमा उनले अमेरिका र इसरायललाई तीनवटा मुख्य सन्देश दिएका छन्।
उनले सम्बोधनका क्रममा इरान र अमेरिकाबीच अप्रत्यक्ष रुपमा भइरहेको आणविक वार्ताका क्रममा इजरायलले हमला शुरू गरेको बताए । तर त्यस अवधिमा इरानले कुनै पनि सैन्य वा कठोर प्रतिक्रिया नदिएको उनले खुलाए ।
दोस्रो सन्देशमा खामेनीले अमेरिकालाई चेतावनी दिँदै चेतावनी इरानले आत्मसमर्पण नगर्ने बताए । अमेरिकी सैन्य हस्तक्षेपले अपूरणीय क्षति पु¥याउने पनि उनले चेतावनी दिए ।
तेस्रो सन्देशमा उनले अमेरिका आफैं युद्धमा संलग्न हुनु इजरायलको कमजोरीको संकेतका रूपमा व्याख्या गरेका छन् । खामेनीले इजरायली आक्रमणबाट पीडित इरानी नागरिकहरूलाई ऐक्यबद्धताको सन्देश पनि दिएका छन्।
Comments
अरु समाचार
-
राखेपलाई चीनले दियो ८५ लाखबराबरको खेलकुद सामग्री !
काठमाडौं । चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामग्री तथा स्वास्थ्य परीक्षण उपकरण हस्तान्तरण गरेको...
-
भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त (यस्तो छ मन्त्रिपरिषद्)
काठमाडौं । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...
-
यस्तो बन्यो मदन जयन्ती मूल व्यवस्थापन समिति (सूचीसहित)
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा सक्रिय भएसँगै मदन भण्डारी फाउण्डेशनले देशव्यापी अभियान थालेको छ । यसको पहिलो चरणमा...
-
‘संसद विघटन संविधान बमोजिम नै सदर गरेकी हुँ’ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकालमा भएको २ पटकका संसद विघटन दबाबमा नभएर संवैधानिक कानूनी व्यवस्थाअनुसार नै गरेको प्रष्ट...
-
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् ।...
-
घुस डिलले डुबायो, मन्त्री गुप्ताले राजीनामा दिए !
काठमाडौं । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले...
-
फ्लड लाइट जडानमा सेटिङ जालोः समय सकियो, ठेकेदारले टेरेनन् सरकार !
काठमाडौं । क्रिकेट रंगशालामा फ्लड लाइट जडान हुने विषयले खुशी दिलाएका क्रिकेटप्रेमीहरुका लागि फ्लड लाइटमा हुन थालेको झेलले ठूलो झड्का...
-
जिल्लाभरिका छाउगोठ भत्काउन निर्देशन
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सुतेकी महिलाको सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ९ वटै पालिकालाई पत्राचार...
-
सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ...