११ महिनामा मेची भन्सारमा १४ अर्ब ४३ करोड राजस्व संकलन
भद्रपुर (झापा) । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१\८२ को ११ महिनामा रु १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१.५६ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१\८२ को जेठसम्ममा रु १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार राजस्व सङ्कलनको लक्ष्य राखेको थियो ।
गत आव २०८०र८१ को सोही अवधिमा रु १६ अर्ब ६७ करोड २८ लाख ४० हजार सङ्कलनको लक्ष्य राखिएकामा ७७।५६ प्रतिशतमात्र राजस्व सङ्कलन भएको थियो । कार्यालयको तथ्याङ्कानुसार चालु आवको ११ महिनामा मेची भन्सारबाट पेट्रोलियम पदार्थ आयातबाट ६०.८१ प्रतिशत अर्थात् रु आठ अर्ब ७८ करोड २७ लाख ७२ हजार सङ्कलन भएको छ ।
यसैगरी तरकारी आयातबाट रु ६२ करोड ४४ लाख ९६ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट रु ४० करोड ७४ लाख ५० हजार, खनिज उत्पादनबाट रु २७ करोड ५१ लाख ९१ हजार, कफीबाट रु २१ करोड ५४ लाख ७० हजार, दलहनबाट रु २० करोड ७७ लाख ३९ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए ।
मेची भन्सारबाट चालु आवको ११ महिनामा रु २३ अर्ब २८ करोड ३५ लाख ५६ हजार बराबरको वस्तु निर्यात हुँदा रु २३ करोड ७५ लाख १९ हजार राजस्व सङ्कलन भएको छ । यसैगरी सोही अवधिमा रु ४० अर्ब ७७ करोड छ लाख ४८ हजार बराबरको वस्तु आयात गरिँदा रु १४ अर्ब २० करोड १७ लाख १८ हजार राजस्व सङ्कलन भएको छ । -रासस
Comments
अरु समाचार
-
फ्लड लाइट जडानमा सेटिङ जालोः समय सकियो, ठेकेदारले टेरेनन् सरकार !
काठमाडौं । क्रिकेट रंगशालामा फ्लड लाइट जडान हुने विषयले खुशी दिलाएका क्रिकेटप्रेमीहरुका लागि फ्लड लाइटमा हुन थालेको झेलले ठूलो झड्का...
-
अष्ट्रेलियाका लागि नेपाली महावाणिज्यदूतको ठगी धन्दा
काठमाडाैं । नेपालका लागि अष्ट्रेलियाको न्यु साउथ वेल्स स्टेटका मानार्थ महावाणिज्यदूत सञ्जिव शर्माको नेपालमा रहेको ठगी धन्दा खुलेको छ ।...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
घुस दिन नमान्नेहरु स्वास्थ्य सेवा विभागका तीन कर्मचारीको चंगुलमा, भुक्तानीमा अनाैठो झेल !
काठमाडाैं । स्वास्थ्य सेवा विभागले घुस लिने विषयलाई औपचारिकता दिदै आएको छ । ठेकेदारहरुले काम सम्पन्न गरेपनि भुक्तानी लिँदा घुस...
-
भारतीय अभिनेता कोटा श्रीनिवासको निधन !
काठमाडौं । दक्षिण भारतीय सिनेमाका लोकपृय अभिनेता कोटा श्रीनिवास रावको ८३ वर्षको उमेरमा निधन भएको छ। आइतबार बिहान हैदराबादको फिल्मनगरस्थित...
-
आज प्रधानमन्त्री ओली गृहजिल्ला झापामा
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन्। आज र भोलि झापा...
-
बैतडीको पाटनमा जिप दुर्घटना : चालकसहित दुइको मृत्यु, ६ घाइते
काठमाडौं । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
-
अहिले एमालेको नेता भन्दा ठिक हुन्छ, अब अध्यक्ष बनेर नेतृत्व गर्छुः विद्यादेवी भण्डारी
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई अहिले नेकपा एमालेको नेता भन्न मिल्ने बताएकी छन् । पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नविकरण...
-
बालेनका पीए भुपदेवको अनाधिकृत हस्तक्षेपः प्रमुख प्रशासकीय अधिकृतमाथि गैरकानूनी दबाब
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन'का स्वकिय सचिव भुपदेव शाहले आफुले नपाएको अधिकारको प्रयोग गर्दै प्रमुख प्रशासकीय अधिकृत...