मदन भण्डारी राष्ट्रिय पुरस्कार आङ छिरिङ शेर्पालाई
काठमाडौँ । यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार हिमाल बचाउ अभियानका अभियन्ता आङ छिरिङ शेर्पालाई दिइने भएको छ ।
मदन भण्डारी फाउण्डेशनले आज पत्रकार सम्मेलनको आयोजना गरी जननेता भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा यही असार १४ गते उक्त पुरस्कार प्रदान गरिने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा पुरस्कार छनौट समितिका संयोजक एवम् फाउण्डेशनका सचिवालय सदस्य रामशरण प्याकुरेलले हाम्रा हिमालहरू दुःख पीडामा छन् भन्ने अभियानलाई अन्तर्राष्ट्रिय रुपमा विस्तार गरी जलवायु परिवर्तन, हिमाल बचाउ र सफाइ अभियानका साथै नेपालको पर्यटन विकासमा समेत विशिष्ट योगदान पुर्याए बापत शेर्पालाई पुरस्कृत गरिन लागिएको जानकारी दिनुभयो ।
२०६८ सालदेखि प्रत्येक वर्ष जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा विभिन्न क्षेत्रमा राष्ट्रिय योगदान पुर्याउने व्यक्तित्वहरूलाई फाउण्डेशनले पुरस्कृत गर्दै आएको छ । उक्त पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।
Comments
अरु समाचार
-
साफ महिला च्याम्पियनशिपमा आज नेपाल र भूटान खेल्दै !
काठमाण्डौं । बंगलादेशमा जारि २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपाल र भूटान खेल्दैछन् । अाजकाे खेल बङ्गलादेशको बसुन्धरा स्पोर्ट्स...
-
सुक्खाग्रस्त क्षेत्र मधेशका ८ जिल्लामा कृषि मन्त्रालयको टोली जाँदै
काठमाण्डौं । पर्याप्त पानी नपरेपछि रोपाइँ हुन नसकेको सुक्खाग्रस्त क्षेत्र मधेश प्रदेशका ८ जिल्लामा अध्ययनका लागि कृषि मन्त्रालयको टोली जाने...
-
आज कोशी र गण्डकीका भारी वर्षा हुनसक्ने !
काठमाडौं । आज कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ । हाल...
-
साउन २१ गतेभित्र शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासङ्घको चेतावनी
काठमाडौं । नेपाल शिक्षक महासङ्घले साउन २१ गतेभित्र विद्यालय शिक्षा ऐन जारी नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । महासङ्घले...
-
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन् । उनले सम्बन्धलाई अझ...
-
आइतबारदेखि नेपालमा भारी वर्षाको हुने, सचेत रहन आग्रह !
काठमाडौं । शनिबार रातिदेखि नेपालमा भारी वर्षा सुरु हुने मौसमविद्हरुले पूर्वानुमान गरेका छन्। अहिले भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर...
-
दस्तावेज संरक्षित गर्दै सर्वोच्च, न्यायाधीश फुयालको सक्रियतामा २०१० सालको नजिर प्रकाशन
काठमाडाैं । सर्वोच्च अदालतले नजिर प्रणालीलाई व्यवस्थित, पारदर्शी र सर्वसुलभ बनाउन ठूलो महत्त्वपूर्ण पहल थालेको छ। न्यायाधीश हरिप्रसाद फुयालको संयोजकत्वमा...
-
धितोपत्रको दोस्रो बजार कारोबारमा ‘रेकर्ड ब्रेक’
काठमाडौँ: अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला आर्थिक वर्ष २०८१\८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा भने ऐतिहासिक रेकर्ड कायम भएको...
-
किन हटाइयो एमालेमा उमेर हद र दुई कार्यकालको व्यवस्था ?
काठमाडौं । नेकपा एमालेले अब ७० वर्ष उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको सीमा लागू नहुने निर्णय गरेको छ।...