प्रधानमन्त्री ओलीले स्पेनी समकक्षी सान्चेजसंग भेटवार्ता गर्ने
काठमाडाैं । स्पेनको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी ओलीले स्पेनी समकक्षी पेद्रो सान्चेजसंग भेटवार्ता गर्ने भएका छन् ।
सन २०१८ मा स्पेनमा नेपाली राजदूतावास स्थापना भएपछि प्रधानमन्त्री केपी ओलीको यो विदेश भ्रमण पहिलो उच्चस्तरिय अवसर हो ।
संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा भाग लिनका लागि स्पेन जान लागेका प्रधानमन्त्री ओलले आगामी सोमबार (जुन ३०) स्पेनी समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
स्पेनस्थित नेपाली राजदूत शनिल नेपालका अनुसार दुई प्रधानमन्त्रीबीच सेभियामा आधा घण्टा लामो भेटवार्ता हुनेछ।
उसोतः नेपाल-स्पेन सम्बन्धमा यसअघि पनि केही ऐतिहासिक क्षणहरू रहिआएका छन्। सन् १९८३ मा स्व. राजा वीरेन्द्र र रानी ऐश्वर्यले स्पेनको राजकीय भ्रमण गरेका थिए। सो अवसरमा सांस्कृतिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो।
त्यसको चार वर्षपछि, सन् १९८७ मा स्पेनका राजा खुआन कार्लोस र रानी सोफियाले नेपाल भ्रमण गरेका थिए। यस्तै, सन् १९८४ मा राजा वीरेन्द्रले स्पेनी जनता र सरकारलाई ‘हिमालयन रेड पाण्डा’को एक जोडी उपहार दिएका थिए ।
नेपाल-स्पेनबीच औपचारिक कूटनीतिक सम्बन्ध सन् १९६८ को मे १३ मा स्थापना भएको हो।
Comments
अरु समाचार
-
दस्तावेज संरक्षित गर्दै सर्वोच्च, न्यायाधीश फुयालको सक्रियतामा २०१० सालको नजिर प्रकाशन
काठमाडाैं । सर्वोच्च अदालतले नजिर प्रणालीलाई व्यवस्थित, पारदर्शी र सर्वसुलभ बनाउन ठूलो महत्त्वपूर्ण पहल थालेको छ। न्यायाधीश हरिप्रसाद फुयालको संयोजकत्वमा...
-
फ्लड लाइट जडानमा सेटिङ जालोः समय सकियो, ठेकेदारले टेरेनन् सरकार !
काठमाडौं । क्रिकेट रंगशालामा फ्लड लाइट जडान हुने विषयले खुशी दिलाएका क्रिकेटप्रेमीहरुका लागि फ्लड लाइटमा हुन थालेको झेलले ठूलो झड्का...
-
अष्ट्रेलियाका लागि नेपाली महावाणिज्यदूतको ठगी धन्दा
काठमाडाैं । नेपालका लागि अष्ट्रेलियाको न्यु साउथ वेल्स स्टेटका मानार्थ महावाणिज्यदूत सञ्जिव शर्माको नेपालमा रहेको ठगी धन्दा खुलेको छ ।...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
घुस दिन नमान्नेहरु स्वास्थ्य सेवा विभागका तीन कर्मचारीको चंगुलमा, भुक्तानीमा अनाैठो झेल !
काठमाडाैं । स्वास्थ्य सेवा विभागले घुस लिने विषयलाई औपचारिकता दिदै आएको छ । ठेकेदारहरुले काम सम्पन्न गरेपनि भुक्तानी लिँदा घुस...
-
भारतीय अभिनेता कोटा श्रीनिवासको निधन !
काठमाडौं । दक्षिण भारतीय सिनेमाका लोकपृय अभिनेता कोटा श्रीनिवास रावको ८३ वर्षको उमेरमा निधन भएको छ। आइतबार बिहान हैदराबादको फिल्मनगरस्थित...
-
आज प्रधानमन्त्री ओली गृहजिल्ला झापामा
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन्। आज र भोलि झापा...
-
बैतडीको पाटनमा जिप दुर्घटना : चालकसहित दुइको मृत्यु, ६ घाइते
काठमाडौं । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
-
अहिले एमालेको नेता भन्दा ठिक हुन्छ, अब अध्यक्ष बनेर नेतृत्व गर्छुः विद्यादेवी भण्डारी
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई अहिले नेकपा एमालेको नेता भन्न मिल्ने बताएकी छन् । पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नविकरण...