ताजा समाचार

टी–२० पावरप्ले नियममा व्यापक परिवर्तन…

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले टी–२० क्रिकेटको खेल्ने अवस्थामा केही नियम परिवर्तन गरेको छ।

परिर्वतन गरिएका नयाँ नियमहरुमा आईसीसीले अब वर्षा वा अन्य कुनै कारणले प्रभावित टी–२० खेलमा पावरप्ले ओभरलाई पुनः परिभाषित गरेको हो।

नयाँ नियममा आईसीसीले अब मौसम वा अन्य कुनै कारणले टी–२० अन्तर्राष्ट्रिय खेल छोटो पारियो भने पावरप्लेमा ओभरको संख्या स्पष्ट रूपमा तय गरिएको छ। मानौं यदि खेल ८.८ ओभरको छ भने पावरप्ले २.२ ओभरको हुनेछ। यस अवधिमा, केवल दुई फिल्डर ३०–गज सर्कल बाहिर रहन सक्छन्।

त्यस्तै, पहिले ८.८ ओभरको खेलमा पावरप्ले २ ओभरको हुन्थ्यो । ९ ओभरको इनिङमा पावरप्ले ३ ओभरको हुन्थ्यो। अब यदि वर्षा वा अन्य कारणले गर्दा खेल ५.५ ओभरको छ भने पावरप्ले १.३ ओभरको हुनेछ। यदि खेल ६ ओभरको छ भने पावरप्ले १.५ ओभरको हुनेछ।

नयाँ नियमहरु नियम जुलाई २०२५ देखि टी–२० अन्तर्राष्ट्रियमा लागू हुनेछन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org