‘आफ्नो राजनीतिबाट रिटायर्ड हुने समय आयो: कांग्रेसभित्र एकले अर्कालाई हराउने रोग छ’
काठमाडौं । नेपाली कांग्रेसका सभापति सेर बहादुर देउवाले आफ्नो राजनीतिबाट रिटायर्ड हुने समय आएको बताएका छन् ।
आज कांग्रेसका स्वर्गीय नेता श्यामकृष्ण प्रधानकी धर्मपत्नी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै कांग्रेसभित्र एकले अर्कालाई हराउने रोगको अन्त्य गर्नुपर्ने बताउँदै त्यस्तो बताएका हुन्। त्यस्तै, उनले पार्टीलाई एकताबद्ध बनाउन आफू केन्द्रित रहेको पनि बताएका छन् ।
देउवाले भने, ‘अहिलेको संविधान समावेशी, समानुपातिक छ । सबैको प्रतिनिधित्व हुन्छ। तर, एक्लै कुनै पार्टीको बहुमत ल्याउन गाह्रो छ। हाम्रो पार्टीमा एकले अर्कोलाई हराउने रोग छँदैछ। एक अर्कालाई छेक्न हाम्रोमा लागिहान्छन्, टिकट नपाउने अर्को समूह हराउन लागिहान्छन्। टिकट त एउटा नै त पाउँछ नि, मेरो रिटायर्डको उमेर भइसक्यो । त्यही पार्टीबाट प्रधानमन्त्री भएँ, अहिले सभापति भएको छु । सबैले पार्टीलाई राम्रो बनाउन लाग्नुपर्छ ।’
उनले संविधान राम्रो भएपनि कुनै पार्टीको सहजै बहुमत नआउने भएकाले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने बाध्यता रहेको समेत बताए ।
देउवाले भने, ‘हिजो माओवादीसँग मिलियो, आज एमालेसँग मिलिएको छ, त्यसका बाबजुद पनि हामीले सबैभन्दा ठुलो पार्टी बनाएका छौं। ठूलो भएपनि बहुमत छैन । तर, हाम्रो पार्टी एक भयो भने एक्लैले पनि बहुमत ल्याउनसक्छ । यो संविधान पनि हामीले बचाउनुपर्नेछ ।’
Comments
अरु समाचार
-
साउन २१ गतेभित्र शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासङ्घको चेतावनी
काठमाडौं । नेपाल शिक्षक महासङ्घले साउन २१ गतेभित्र विद्यालय शिक्षा ऐन जारी नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । महासङ्घले...
-
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन् । उनले सम्बन्धलाई अझ...
-
आइतबारदेखि नेपालमा भारी वर्षाको हुने, सचेत रहन आग्रह !
काठमाडौं । शनिबार रातिदेखि नेपालमा भारी वर्षा सुरु हुने मौसमविद्हरुले पूर्वानुमान गरेका छन्। अहिले भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर...
-
दस्तावेज संरक्षित गर्दै सर्वोच्च, न्यायाधीश फुयालको सक्रियतामा २०१० सालको नजिर प्रकाशन
काठमाडाैं । सर्वोच्च अदालतले नजिर प्रणालीलाई व्यवस्थित, पारदर्शी र सर्वसुलभ बनाउन ठूलो महत्त्वपूर्ण पहल थालेको छ। न्यायाधीश हरिप्रसाद फुयालको संयोजकत्वमा...
-
धितोपत्रको दोस्रो बजार कारोबारमा ‘रेकर्ड ब्रेक’
काठमाडौँ: अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला आर्थिक वर्ष २०८१\८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा भने ऐतिहासिक रेकर्ड कायम भएको...
-
किन हटाइयो एमालेमा उमेर हद र दुई कार्यकालको व्यवस्था ?
काठमाडौं । नेकपा एमालेले अब ७० वर्ष उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको सीमा लागू नहुने निर्णय गरेको छ।...
-
अमेरिकामा ७.३ रेक्टरस्केलकाे भूकम्प
काठमाडौं । अमेरिकी राज्य अलास्काको तटमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले सुनामी चेतावनी जारी समेत गरेको थियो ।...
-
आजबाट नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु..
काठमाडौं । आजबाट नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ । नेपालमा नयाँ वर्ष वैशाख १ गतेबाट सुरु भएपनि नयाँ...
-
साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले श्रीलंकासँग दोस्रोपटक खेल्दै
काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ । डबल राउन्ड रोबिन...