थानकोट डिपोबाट तेल चोर्ने पत्ता लगाउन बन्यो छानबिन समिति
काठमाडौं । नेपाल आयल निगमले तेल चोरी गर्ने पत्ता लगाउन एक छानबिन गर्न गठन गरेको छ । गुणस्तर नियन्त्रण तथा अनुगमन विभागका निर्देशक विधि श्रेष्ठको नेतृत्वमा शुक्रबार ४ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
थानकोट डिपोबाट भएको तेल चोरी घटनाको छानबिन गर्न आयायल निगमले ४ सदस्यीय छानबिन समिति गठन गरेको हो। गुणस्तर नियन्त्रण तथा अनुगमन विभागका निर्देशक विधि श्रेष्ठको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको बुझिएको छ ।
छानबिन समितिमा श्रेष्ठको नेतृत्वमा प्रशासन विभागबाट १ जना, आन्तरिक नियन्त्रणबाट १ जना र एलपिजी तथा एभिएसन विभागबाट १ जना गरी ४ जनाको समिति गठन गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले सञ्चारमाध्यमलाई जानकारी दिए ।
निगमको थानकोट डिपोबाट कर्मचारीकै मिलेमतोमा तेल चोरीका घटना बढ्दै गएको छ । एउटा ट्यांकर सलम्बुदेवी आयल स्टोरका लागि २० हजार लिटर इन्धन ढुवानी गर्ने क्रममा बाटोमा रोकी च्याम्बरको मेनहोलबाट बाल्टिनमा खन्याइरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
यसरी ट्यांकरले तेल चोर्दाचोर्दै कसैले कार्यालय प्रमुखलाई जानकारी गराएपछि निगमको बागमती प्रादेशिक कार्यालय प्रमुख तथा थानकोट डिपो प्रमुख अशोक साहले उक्त ट्यांकरका धनी मंगल ढुवानी सेवालाई १ असारमा स्पष्टीकरण सोधेका थिए । त्यसयता उक्त ट्यांकरलाई ढुवानी कार्यमा रोक लगाइएको छ ।
चोरी गरी बाहिर पठाएको तेल ट्यांकर चालकले आफूसँग सम्पर्कमा भएको राजधानी र आसपास पम्पमा केही सस्तो मूल्यमा बिक्री गर्छन् र प्राप्त रकम निगम उच्च तहका कर्मचारीका भागमा पनि पुग्ने गरेको बुझिएको छ ।
Comments
अरु समाचार
-
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् ।...
-
घुस डिलले डुबायो, मन्त्री गुप्ताले राजीनामा दिए !
काठमाडौं । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले...
-
फ्लड लाइट जडानमा सेटिङ जालोः समय सकियो, ठेकेदारले टेरेनन् सरकार !
काठमाडौं । क्रिकेट रंगशालामा फ्लड लाइट जडान हुने विषयले खुशी दिलाएका क्रिकेटप्रेमीहरुका लागि फ्लड लाइटमा हुन थालेको झेलले ठूलो झड्का...
-
जिल्लाभरिका छाउगोठ भत्काउन निर्देशन
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सुतेकी महिलाको सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ९ वटै पालिकालाई पत्राचार...
-
सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ...
-
साफ यू–२० महिला च्याम्पियनसिप: नेपालले तेस्रो खेल श्रीलंकासँग खेल्दै
काठमाडौं । नेपालले आज साफ यू–२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेल श्रीलंकासँग खेल्दै छ । बंगलादेशमा जारी प्रतियोगितामा नेपाल र...
-
बीपी राजमार्गमा पूर्णरुपमा अवरुद्ध
काठमाडौं । निरन्तरको वर्षाका कारण सोमबार राति आएको बाढी र केही ठाउँमा खसेको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ ।...
-
विभिन्न ठाउँमा भारी वर्षा हुने, ३६ जिल्ला बाढीको जोखिममा
काठमाडौं। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरेसँगै पूर्वी नेपाल नजिक पुगेको छ, जसको प्रभावले देशका विभिन्न भागमा वर्षा तीव्र हुने...
-
आज संसद्को दुवै सदनको बैठक, यस्तो छ कार्यसूची
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री...