ताजा समाचार

एसईई नतिजा प्रकाशित, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् । जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार साँझ बसेको बोर्ड बैठकको निर्णयअनुसार रिजल्ट प्रकाशित गरिएको हो । योपटक शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण रोकिँदा नतिजामा केही ढिलाइ भएको छ ।

यसवर्षको एसइईमा ५ लाख १४ हजार ७१ परीक्षार्थी सामेल थिए । गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी भएका हुन् । गतवर्षको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org