बाढीबाट बस्ती जोगाउँन मध्यरातमा खटियो सिडिओको नेतृत्वमा टोली…
काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ लारजुङ खोलामा बाढी आएपछि मध्यरातमा प्रमुख जिल्ला अधिकारी सहितको टोलीले उद्दार गरेको छ ।
अविरल वर्षा सँगै खोला बढेर लारजुङ गाउँ जोखिममा परेपछि प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल सहितको टोलीले बस्तीलाई बाढीबाट जोगाएको हो ।
भुसालको अनुसार आइतबार राती खोलामा बाढी आएको स्थानीयबासीहरुले जानकारी गराएपछि सुरक्षाकर्मी सहितको टोली त्यहाँ पुगेको थियो। उक्त विपद् उद्धार टोलीले एक्स्काभेटरको प्रयोग गरी खोलाको बहाब नै परिवर्तन गरेर बस्ती जोगाउन सफल भएको प्रजिअ भुसालले बताए।
खोलामा पानीको बहाव उच्च रहेको थियो । पानीको बहावले खोलामा राखिएको झोलुङ्गे पुललाई समेत सामान्य असर गरेको स्थानीयवासी भीमबहादुर रसाइलीले बताए ।
मुस्ताङमा गर्मी बढेसँगै वर्षा पनि अविरल हुन थालेपछि जिल्ला विपद् व्यवस्थापन समितिले हरेक बस्तीमा २५ जनाको समूहमा स्वयंसेवक टोली बनाएको छ ।
जुनसुकै समयमा पनि विपद् आइपर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै उक्त स्वयंसेवक टोली मार्फत सूचना गरी उद्धार कार्यमा खट्न सबैलाई सचेत बनाइएको प्रजिअ भुसालले बताए ।
Comments
अरु समाचार
-
मंगलबार यी प्रदेश्मा हल्कादेखि मध्यम वर्षा
काठमाण्डौ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो ३ घण्टामा...
-
संखुवासभा सहित ३७ जिल्ला बाढीको जोखिममा
काठमाडौं । आज ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाञ्चोक, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुरमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले...
-
मौसम प्रतिकुल बन्दा हुम्ला हिडेका प्रधानमन्त्री सुर्खेतमै रोकिए..
काठमाडौं । हुम्लाको चुवाखोलामा निर्माण सम्पन्न भएको बेलीब्रिज उद्घाटन गर्ने जान लागेका प्रधानमन्त्री केपी शर्मा ओली मौसमको खराबीका कारण सुर्खेतमै...
-
पोखराका स्पा सेन्टरबाट ८ जना नाबालिकाको उद्धार
काठमाडौं । पोखराको लेकसाइडमा रहेका ३ वटा स्पा सेन्टरबाट ८ जना नाबालिकाको उद्धार गरिएको छ । प्रहरी र पोखरा महानगरपालिकाको...
-
रानीमहललाई पुरानै स्वरूपमा संरक्षण गरिने
काठमाडौं । पाल्पाको ऐतिहासिक रानीमहललाई पुरानै स्वरूपमा संरक्षण गरिने भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले रानीमहललाई...
-
देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाण्डौ: बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
-
सर्वोच्चले गर्यो दीपक मनाङेको सांसद पद खारेज
काठमाडौं । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजिव गुरुङ 'दिपक मनाङ्गे'को सांसद पद खारेज भएको छ । सर्वोच्च अदालतले मनाङ्गेको सांसद...
-
पहिरोले कालिगण्डकी कोरिडोर अवरुद्ध
काठमाडौं । पहिरोले कालिगण्डकी कोरिडोर अवरुद्ध भएको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बर्लबास्थित कालिगण्डकी कोरिडोर सडकको गुल्मी खण्डमा आज...
-
‘नक्कली प्रचण्ड’ का रूपमा चिनिएका कलाकार गौतमको निधन
काठमाडौं । हास्यकलाकार घनश्याम गौतमको निधन भएको छ। घनश्यमलाई ‘नक्कली प्रचण्ड’ का रूपमा चिन्ने गरिन्थ्यो । उनिलामो समयदेखि भक्तपुरको क्यान्सर...