बीपी राजमार्ग अवरुद्ध हुँदा बाटोमै फेरे बिरामीले अन्तिम श्वास
काठमाडौं । बीपी राजमार्गमा अवरुद्ध भएका कारण एम्बुलेन्समा काठमाडौं आउँदै गरेका एक बिरामीको बाटोमै मृत्यु भएको छ ।
‘ब्रेन ह्यामरेज’ भएर जनकपुरबाट काठमाडौं ल्याउँने क्रममा महोत्तरीको मनराशिसवा नगरपालिका २ का भरतलाल झाको बाटोमै निधन भएको हो ।
सडक माथिबाट आएको लेदोको कारण सोमबार दिउँसो बीपी राजमार्गस्थित रोशी गाउँपालिका–९ नार्केमा साँझ ५ बजेदेखि सडक अवरुद्ध भएको थियो ।
एम्बुलेन्समा रहेका बिरामीले हलचल नगरेपछि भकुण्डेमा रहेको प्रादेशिक अस्पताल मेथिनकोटमा लगिएको थियो । तर, अस्पताल पुग्दा उनको मृत्यु भइसकेको चिकित्सकहरूले बताएको स्रोतको भनाई छ।
सोमबार साँझ ५ बजेबाट अवरुद्ध भएको सडक इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको टोली र सडक विभागको मेसिनको सहयोगमा दुईतर्फी खुलाउने प्रयास भइरहेको छ ।
Comments
अरु समाचार
-
खाँदबारीमा पारुहाङ र सुम्निमाको शालिक अनावरण !
काठमाडौं । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका– १, ढोलबाजे डाँडामा पारुहाङ र सुम्निमाको शालिक अनावरण भएको छ । खाँदबारी नगरपालिकाको आर्थिक...
-
तुइनबाट महाकालीमा खसेर एकजना बेपत्ता
काठमाडौं । तुइनबाट महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् । व्यास गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट आज महाकाली नदीमा खसेर स्थानीय...
-
विषालु च्याउ खाँदा एकैपरिवारका पाँचजना बिरामी
काठमाडौं । कञ्चनपुरमा विषालु च्याउ खाँदा एकैपरिवारका पाँचजना बिरामी भएका छन् । दोधारा–चाँदनी नगरपालिका– ६ स्थित कालागडका ६३ वर्षीय कालु...
-
जिल्लाभरिका छाउगोठ भत्काउन निर्देशन
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सुतेकी महिलाको सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ९ वटै पालिकालाई पत्राचार...
-
मंगलबार यी प्रदेश्मा हल्कादेखि मध्यम वर्षा
काठमाण्डौ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो ३ घण्टामा...
-
बबई नदिमा पौडी खेल्न क्रममा विद्यार्थी गायब
काठमाडौं । दाङको बबई नदिमा पौडी खेल्न गएका दुईजना विद्यार्थीको नदिमा डुबेर बेपत्ता भएका छन् । बबई गाउँपालिकाको पुरन्धारा छहरा...
-
संखुवासभा सहित ३७ जिल्ला बाढीको जोखिममा
काठमाडौं । आज ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाञ्चोक, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुरमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले...
-
सुनसरीमा गोली हानेर सालीको हत्या
काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिका– ६ घुस्कीमा भिनाजुले गोली हानेर सालीको हत्या गरेका छन् । गएराती करिब १ बजे १८...
-
सडक भासिएपछि अवरुद्ध अरनिको राजमार्ग पुनः सञ्चालनमा
काठमाडौं । सडक भासिएर बन्द भएको अरनिको राजमार्ग पुनः सञ्चालनमा आएको छ । सो राजमार्ग भएर अहिले सबै सवारीसाधन चल्न...