ताजा समाचार

कुलिङ पिरियडः कर्मचारीलाई दोष थोपरेर उम्कने सांसद्हरुको प्रपञ्च

काठमाडौं । राज्यको कानुन निर्माण गर्ने थलो प्रतिनिधिसभामा बहुमतले पारित भएको निजामती विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी विषयमा अर्थको अनर्थ लाग्ने गरि परिर्वतन भएको पाइएपछि सबै दोष कर्मचारिलाई दिएर सांसद्हरुले पन्छीन खोजेका छन् ।

असार पन्ध गते प्रतिनिधिसभाबाट उक्त विधेयक पारित गर्दा सांसद्हरुले पास गरेको तर विधेयकमा अनधिकृत तवरबाट ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानकै अनर्थ लाग्ने गरि परिर्वतन भएको पाइए पछि सबै दोस कर्मचारीलाई थोपारेर सांसदहरु उम्कन खोजोको भन्दै सर्वत्र आलोचना सुरु भएको छ ।

आज एक्कासी राजनीतिक वृत्तमै खैलाबैला मच्चाउने गरेर चर्चामा आएको यस विषयमा रास्वपा सांसद सुमना श्रेष्ठले निजामती विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ को विषयमा कर्मचारीलाई दोषी देखाएर सांसदहरू उम्कन नमिल्ने बताएकी छन् ।

पूर्वमन्त्री समेत रहेकी श्रेष्ठले सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कुनैपनि विधेयक समिति, उपसमिति हुँदै संसदको फुल हाउसमा जाने प्रक्रिया रहेकाले गल्ती कमजोरी कहाँबाट भएको हो त्यो पहिला खोज्नुपर्ने बताइन्।

‘बाहेक भन्ने शब्द कहाँबाट आयो मलाई थाहा छैन भनेर पलपुर भएको छ । त्यो शब्द मूल विधेयकमा छ । जब मूल विधेयकबाट यो बाहेक भन्ने शब्द हटाइन्न, त्यतिबेलासम्म त त्यो कायम रहन्छ’, श्रेष्ठले भनिन्, ‘त्यसैले कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरू उम्कन मिल्दैन ।’

श्रेष्ठले हेलचेक्र्याइँ हो वा मिडियामा आएको भरमा बोल्ने संस्कारप्रति प्रश्न उठेको बताइन् । उनले गल्ती सुधार गर्न स्वीकार गर्नुपर्ने पनि बताइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org