ताजा समाचार

‘कुलिङ पिरिएडमा भएको हेरफेरको जिम्मा लिएर खतिवडाले मार्ग प्रशस्त गर्नुपर्छ’

काठमाडौं । नेकपा एममालेले राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिको राजीनामा माग गरेको छ ।

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले निजामति सेवा विधेयकमाथि भएको बदमासीको जिम्मा सभापतिले लिनु पर्ने बताउँदै राजीनामा मागेको हो।

आजको बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा एमालेका सांसद तथा पूर्वमन्त्री पदम गिरीले निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ प्रतिवेदनमा अन्तिम हस्ताक्षरकर्ता सभापति हुने भएकाले उनैले जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने बताए । त्यस्तै, उनले समितिका सचिव सुरजकुमार दुराको राजीनामा पनि मागे ।

‘समितिले महिनौं लगाएर छलफल गरेर कुलिङ अफ पिरियड २ वर्षसम्म कायम रहने एक मतले पारित गरेको विषय हो । तर, सभापति र सचिवको हस्क्षातर भएको प्रतिवेदन फरक ढंगले प्रस्तुत गरियो । नेपालको इतिहासमा यो लज्जास्पद र घिनलाग्दो अवस्था हो । यो हदसम्मको जनप्रतिनिधिले काम गर्छन् भन्ने कल्पना गर्न नसकिने अवस्था हो । त्यसैले जिम्मेवारी लिँदै सभापति र सचिवले राजीनामा दिनुपर्छ ।’

उनले सभापतिलाई नैतिकताको आधारमा मार्ग प्रशस्त गर्न सुझाव दिए । ‘नैतिकताको हिसाबले मार्गप्रशस्त गरिदिनुपर्छ । अब सचिवले पनि यो पदमा बसिरहन मिल्दैन,’ उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org