अमेरिका र इजरायको आक्रमणममा अत्यधिक क्षति भयोः इरान
काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका र इजरायलले गरेको आक्रमणममा आणविक स्थलहरूमा “अत्यधिक र गम्भीर” क्षति भएको स्वीकार गरेका छन् ।
उनले आणविक स्थलहरुमा भएको क्षतिको बारेमा मूल्यांकन भइरहेको बताएका छन् । उनले अमेरिकासँग अर्को साता वार्ताको कुनै तयारी नरहेको पनि प्रष्ट पारेका छन् ।
इजरायलसँगको १२ दिने युद्धपछिको अवस्थामा अमेरिकासँग आणविक वार्ता पुनः शुरु गर्न लागेको भन्ने खबरलाई इरानले विदेशमन्त्री अब्बासले अस्वीकार गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले वार्ता शुरु गर्न कुनै योजना नभएको र यसबारे सहमति वा संवाद पनि नभएको प्रष्ट पारेका छन् । इजरायली आक्रमणबाट इरानी आणविक केन्द्रमा पुगेको क्षतिको अध्ययनपछि मात्र कुटनीतिक निर्णय लिइने उनले जानकारी दिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने केहि दिनअघि विशेष दूत स्टिभ विटकॉफ मार्फत आगामी सातादेखि इरानसँग “समग्र शान्ति सम्झौताको लागि वार्ता शुरु हुने दाबी गरेका छन् ।
उता इरानी संसदले राष्ट्रसंघीय आणविक निगरानी संस्थासँगको सहकार्यलाई निलम्बन गर्ने बाध्यकारी प्रस्ताव पारित गरेको छ ।
Comments
अरु समाचार
-
चीनबाट अमेरिकामा भएको निर्यात अपेक्षा गरिएभन्दा धेरै
काठमाडौं । गएको महिना चीनबाट अमेरिकामा भएको निर्यात पूर्वानुमानभन्दा बढी रहेको सरकारी तथ्याङ्कले देखाएको छ । वाशिङ्टन र बेइजिङले एकअर्कामाथिको...
-
एयर इन्डिया दुर्घटना : पाइलटले जानाजान दुर्घटना गराएको हुनसक्ने विशेषज्ञको आशंका
काठमाडौं । एयर इन्डिया उडान १७१ को दुर्घटना जानाजानी पाइलटद्वारा गराइएको हुन सक्ने आशंका एक वरिष्ठ विमान सुरक्षा विशेषज्ञले गरेका...
-
अष्ट्रेलियाका लागि नेपाली महावाणिज्यदूतको ठगी धन्दा
काठमाडाैं । नेपालका लागि अष्ट्रेलियाको न्यु साउथ वेल्स स्टेटका मानार्थ महावाणिज्यदूत सञ्जिव शर्माको नेपालमा रहेको ठगी धन्दा खुलेको छ ।...
-
भारतीय अभिनेता कोटा श्रीनिवासको निधन !
काठमाडौं । दक्षिण भारतीय सिनेमाका लोकपृय अभिनेता कोटा श्रीनिवास रावको ८३ वर्षको उमेरमा निधन भएको छ। आइतबार बिहान हैदराबादको फिल्मनगरस्थित...
-
एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक
नयाँ दिल्ली । एअर इन्डिया फ्लाइट १७१ को दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । रिपोर्टअनुसार अहिले सम्म बोइङ ७८७...
-
संस्कृत स्नातक सेवामण्डलीको आयोजनामा हुवाहिनमा गुरु पूर्णिमा विशेष कार्यक्रम सम्पन्न
बैंकक । गुरु पूर्णिमा महोत्सव यस वर्ष थाइल्याण्डको हुवाहिन शाखामा भव्यरुपमा सम्पन्न भएको छ । व्यासपूजा, गुरु पूजा, हवन, पाठ,...
-
बेलायतले इरानबाट अप्रत्याशित खतराको सामना गर्दै : अध्ययन प्रतिवेदन
लण्डन । बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना गरिरहेको एक प्रतिवेदनले चेतावनी दिएको छ । बेलायतले इरानबाट खतराको सामना...
-
प्रधानमन्त्रीका पूर्वनिर्धारित कार्यक्रम स्थगित, आपतकालीन सहायता उपलब्ध गराउन सक्रिय
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवामा बाढीले पुर्याएको क्षतिपछि अत्यावश्यक बाहेक पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेका छन् । कार्यक्रमहरु स्थगित...
-
प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेशमन्त्रीको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले आज शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास,...