‘मलाई स्पष्टीकरण सोधेको भन्ने कुरा कपोलकल्पित, हावा हो’ : झाक्री
काठमाडौं । आफ्नै पार्टीका अध्यक्षलाई कुहिएको सिनोसँग तुलना गर्दै खरो प्रतिक्रिया दिएकी नेकपा एस की स्थायी नेतृ रामकुमारी झाक्रीले आफूलाई स्पष्टीकरण सोधेको भन्ने कुरा निराधार, कपोलकल्पित, हावा भएको टिप्पणी गरेकी छन्।
आज पक्रकारहरुसँग प्रतिक्रिया दिँदै झाक्रिले यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले बुटवलमा पार्टीसम्बद्ध युवा संघको प्रशिक्षण कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल लक्षित ‘सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौ’ भन्ने अभिव्यक्ति दिएकी थिइन्।
सोही कारणलाई देखाउँदै झाक्रीलाई पार्टीले स्पष्टीकरण सोधिए सोधेको थियो । आज उनले पार्टी बैठकमै आफ्नो कुरा राख्न समय मागेकी थिइन् । त्यसैका लागि पार्टी सचिवालय बैठक पुगेकी झाक्रीले आफूले स्पष्टीकरणको पत्र नपाएको र सोध्दा पनि नसोधेको दाबी गरेकी हुन्।
‘उनले भनिन्, मलाई स्पष्टीकरण सोधेको भनेको निराधार, कपोलकल्पित, हावा कुरा हो । मलाई स्पष्टीकरण सोधिएको छैन, सोध्ने निकाय पनि थाहा छैन्। कुन तहको बैठकको निर्णयले दिनुभएको हो थाहा छैन। खाली दुई–तीन जना मानिसहरूले टिभीमा गएर स्पष्टीकरण सोधियो, लियो भन्नेकुरा गर्नुभएको छ,’ बिहीबार दिउँसो पार्टी कार्यालय आलोकनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले भनिन्।
झाँक्रीलाई ३ दिने अल्टिमेटमसहित नेकपा एसले सोध्यो स्पष्टीकरण
Comments
अरु समाचार
-
प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे कांग्रेस सभापतिसहितका नेता
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । सभापति थापासँगै उपसभापतिद्वय विश्वप्रकाश शर्मा...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...
-
कांग्रेसले टुङ्ग्यायो समानुपातिकतर्फका २० जना सांसदको नाम
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फका २० जना सांसदको नाम टुङ्ग्याएको छ । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको...
-
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज, समानुपातिक सांसदको टुंगो लगाउने
काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ ।...
-
एमालेले टुंग्यायो समानुपातिक सांसद, क-कसको नाम चयन ?
काठमाडौं । नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ । शनिबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा...
-
पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । केपी शर्मा...
-
पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीलाई पितृ शोक
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका पिता मोहनप्रसाद ओलीको...
-
किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्च अदालतले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको...
-
समानुपातिकतर्फको मतगणना सम्पन्न, रास्वपाले ल्यायो ५१ लाख ३९ हजार भोट
काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।पछिल्लो समय गोरखा...












