शुभमन गिलको कीर्तिमानी २६९ रनमा कीर्तिमानको ओइरो
काठमाडौं । बमिङघममा जारी दोस्रो टेस्टको पहिलो इनिङग्समा भारतीय कप्तान शुभमन गिलले इंग्ल्यान्डविरूद्ध २६९ रन बनाए कीर्तिमानी पारि खेलेका छन् । उक्त इनिङ्समा गिलले दोहोरो शत बनाएसँगै भारतले इंग्ल्यान्डविरूद्ध ५८७ रन जोडेको थियो ।
पहिलो टेस्टमा ब्याटिङ उतकृष्ट गरे पनि दोस्रो इनिङग्समा राम्रो बलिङ् हुन नसक्दा भारतले ५ विकेटको हारको सामना गर्नु परेको थियो । त्यस्तै भारतले दोस्रो टेस्टको पहिलो इनिङग्समा पनि राम्रो ब्याटिङ गरेको छ । यस खेलमा कप्तानले खेलेको एतिहासीक पारिले विभिन्न नयाँ रेर्कड निर्माण गर्नुका साथै केही पुराना रेकर्ड समेत तोडिएका छन् ।
नयाँ रेकर्डहरुः
- भारतीय कप्तानको सर्वाधिक व्यक्तिगत स्कोर
गिलले इंग्ल्यान्डविरूद्ध बनाएको २६९ रनको स्कोर टेस्ट क्रिकेटमा कुनै पनि भारतीय कप्तानले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर हो । यससँगै सन् २०१९ मा पुनेमा दक्षिण अफ्रिकाविरुद्ध विराट कोहलीले बनाएको अविजित २५४ रनको कीर्तिमान समेत तोडिएको छ ।
- एसिया बाहिर भारतीयले बनाएको उच्च स्कोर
गिलको २६९ रन एसिया बाहिर टेस्टमा कुनै पनि भारतीय ब्याटरले बनाएको सबैभन्दा उच्च स्कोर पनि हो । यसअघि यो कीर्तिमान सचिन तेन्दुलकरको नाममा थियो। सचिनले सन् २००४ मा सिड्नी क्रिकेट ग्राउन्डमा अविजित २४१ रन बनाएका थिए।
- अन्तराष्ट्रिय टेस्टमा भारतीय ब्याटरको तेस्रो ठूलो स्कोर
विदेशमा भएको टेस्टमा भारतीय ब्याटरले बनाएको तेस्रो ठूलो स्कोर हो । यसभन्दा अघि सन् २००४ मा पाकिस्तान भ्रमणमा वीरेन्द्र सेहवागले मुल्तानमा ३०९ रन र राहुल द्रविडले रावलपिंडीमा २७० रन बनाएका थिए ।
- इंग्ल्यान्डविरूद्ध दोहोरो सतक बनाउँने खेलाडी
गिलभन्दा पहिले इंग्ल्यान्डमा भएको टेस्ट क्रिकेटमा केवल दुई भारतीयले मात्र दोहोरो शतक बनाएका थिए । सन् १९७९ मा सुनील गावस्करले २२१ रन र सन् २००२ मा राहुल द्रविडले २१७ रन जोडेका थिए । दुवै ब्याटरले शतक ओभलमा बनाएक थिए ।
- टेस्टमा सातौं सर्वाधिक व्यक्तिगत स्कोर
समग्रमा गिलको २६९ रन भारतका लागि टेस्ट क्रिकेटमा सातौं सर्वाधिक व्यक्तिगत स्कोर हो ।
- बमिङघममा दोहोरो शतक बनाउने विदेशी
गिलभन्दा पहिले बमिङघममा टेस्टमा दोहोरो शतक बनाउने विदेशी ब्याटरको संख्या दुई थियो । सन् २००३ मा ग्राम स्मिथले २७७ रन र सन् १९७१ मा जहीर अब्बासले २७४ रन बनाएका थिए । गिलको २६९ रन इंग्ल्यान्डमा विदेशी ब्याटरले बनाएको आठौं सर्वाधिक स्कोर हो।
- पहिलो दुई टेस्टमै शतक
कप्तानको रूपमा आफ्नो पहिलो दुई टेस्टमै शतक बनाउने ब्याटरको संख्या (गिलसहित) ७ छ । यसअघिका ६ मध्ये तीन जना भारतीय थिए । विजय हजारे, सुनील गावस्कर र विराट कोहली पनि आफ्नो दुई टेस्टमा शतक बनाएक थिए ।
- टेस्ट र एकदिवसीय दुवैमा दोहोरो शतक
टेस्ट र एकदिवसीय दुवैमा दोहोरो शतक बनाउने ब्याटर पाँच जना पुगेका छन् । गिलसँगै सचिन तेन्दुलकर, वीरेन्द्र सेहवाग, रोहित शर्मा र क्रिस गेलले दुवै फम्र्याटमा दोहोरो शतक बनाएका छन् ।
Comments
अरु समाचार
-
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् ।...
-
घुस डिलले डुबायो, मन्त्री गुप्ताले राजीनामा दिए !
काठमाडौं । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले...
-
फ्लड लाइट जडानमा सेटिङ जालोः समय सकियो, ठेकेदारले टेरेनन् सरकार !
काठमाडौं । क्रिकेट रंगशालामा फ्लड लाइट जडान हुने विषयले खुशी दिलाएका क्रिकेटप्रेमीहरुका लागि फ्लड लाइटमा हुन थालेको झेलले ठूलो झड्का...
-
जिल्लाभरिका छाउगोठ भत्काउन निर्देशन
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सुतेकी महिलाको सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ९ वटै पालिकालाई पत्राचार...
-
सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ...
-
साफ यू–२० महिला च्याम्पियनसिप: नेपालले तेस्रो खेल श्रीलंकासँग खेल्दै
काठमाडौं । नेपालले आज साफ यू–२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेल श्रीलंकासँग खेल्दै छ । बंगलादेशमा जारी प्रतियोगितामा नेपाल र...
-
बीपी राजमार्गमा पूर्णरुपमा अवरुद्ध
काठमाडौं । निरन्तरको वर्षाका कारण सोमबार राति आएको बाढी र केही ठाउँमा खसेको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ ।...
-
विभिन्न ठाउँमा भारी वर्षा हुने, ३६ जिल्ला बाढीको जोखिममा
काठमाडौं। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरेसँगै पूर्वी नेपाल नजिक पुगेको छ, जसको प्रभावले देशका विभिन्न भागमा वर्षा तीव्र हुने...
-
आज संसद्को दुवै सदनको बैठक, यस्तो छ कार्यसूची
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री...