ताजा समाचार

रविको पक्षमा हस्ताक्षर गरेको लगत्तै हेडक्वाटर झिकाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रविलामिछानेको रिहाईका लागि भन्दै रास्वपाले सञ्चालन गरेको हस्ताक्षर अभियानमा हस्ताक्षर गर्ने नेपाल प्रहरीका एकजना प्रहरी नायब निरीक्षक  कमल खड्कालाई बाँकेबाट सिधै प्रहरी प्रधान कार्यालय काठमाडौं झिकाइएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले खड्काले हस्ताक्षर गरेको विषयमा बुझ्न उनलाई हेडक्वार्टर झिकाइएको हो ।

प्रहरी संगठनको आचारसंहिता अनुसार प्रहरी कर्मचारीहरूले कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था छ। गत असार ७ गते काठमाडौंबाट थालिएको यो अभियान खड्काले बाँकेमा हस्ताक्षर गरेको बुझिएको छ ।

सहकारी ठगीको आरोपमा थुनामा रहेका लामिछानेको पक्षमा नागरिकस्तरबाट भन्दै रास्वपाले हस्ताक्षर अभियान चलाएको छ ।

राजनीतिक प्रतिशोध साँधिएको भन्दै चलाइएको हस्ताक्षर अभियानमा सई खड्काले हस्ताक्षर गरेको फोटा सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि उनी छानबिनमा तानिएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org