प्रधानमन्त्री र मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिबिच भेट !

काठमाडौं । नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरका विषयमा प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले आज भेट गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) को नेतृत्वमा आएको २० सदस्यीय प्रतिनिधिमण्डलले आफूहरु नेपालमा नयाँ उद्यमहरूका लागि अर्थपूर्ण व्यावसायिक तथा दुई देशको सम्बन्ध स्थापित गर्न र नेपालको व्यावसायिक वातावरणबारे विस्तृतरुपमा बुझ्न भ्रमणमा आएको अवगत गराएको थियो ।
प्रधानमन्त्री ओलीले नेपालको समृद्धिका लागि विदेशी लगानीलाई प्रोत्साहन र सहजीकरण गर्न सरकारले कानुनी र संरचनात्मक सुधारहरु गर्दै आएको जानकारी गराउँदै नेपालमा लगानी गर्न आग्रह गरे ।आगामी दिनमा के कस्तो सुधार र सहजीकरण आवश्यक छ भन्नेमा सरकार सँधै व्यवसायीसँग सहकार्यमा रहने जानकारी दिए ।
प्रतिनिधिमण्डलले आफूहरुले नेपालमा फोहोर (प्लास्टिक) प्रशोधन, सूचना प्रविधि उद्यान, पर्यटन आदि क्षेत्रमा कााम गर्न उत्सुक भएको जनाएको छ । भेटका अवसरमा नेपालमा पर्यटन, कृषि, सूचना प्रविधि, जनशक्ति, कपडा र विविध क्षेत्रहरूमा लगानीको सम्भावनाबारे छलफल भएको थियो ।
मलेसियास्थित नेपाली दूतावासको सहकार्यमा आएको उक्त प्रतिनिधिमण्डल तीनदिने यात्राका लागि यही असार १८ गते काठमाडौँ आएको थियो ।
Comments
अरु समाचार
-
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् ।...
-
घुस डिलले डुबायो, मन्त्री गुप्ताले राजीनामा दिए !
काठमाडौं । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले...
-
फ्लड लाइट जडानमा सेटिङ जालोः समय सकियो, ठेकेदारले टेरेनन् सरकार !
काठमाडौं । क्रिकेट रंगशालामा फ्लड लाइट जडान हुने विषयले खुशी दिलाएका क्रिकेटप्रेमीहरुका लागि फ्लड लाइटमा हुन थालेको झेलले ठूलो झड्का...
-
जिल्लाभरिका छाउगोठ भत्काउन निर्देशन
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सुतेकी महिलाको सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ९ वटै पालिकालाई पत्राचार...
-
सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ...
-
साफ यू–२० महिला च्याम्पियनसिप: नेपालले तेस्रो खेल श्रीलंकासँग खेल्दै
काठमाडौं । नेपालले आज साफ यू–२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेल श्रीलंकासँग खेल्दै छ । बंगलादेशमा जारी प्रतियोगितामा नेपाल र...
-
बीपी राजमार्गमा पूर्णरुपमा अवरुद्ध
काठमाडौं । निरन्तरको वर्षाका कारण सोमबार राति आएको बाढी र केही ठाउँमा खसेको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ ।...
-
विभिन्न ठाउँमा भारी वर्षा हुने, ३६ जिल्ला बाढीको जोखिममा
काठमाडौं। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरेसँगै पूर्वी नेपाल नजिक पुगेको छ, जसको प्रभावले देशका विभिन्न भागमा वर्षा तीव्र हुने...
-
आज संसद्को दुवै सदनको बैठक, यस्तो छ कार्यसूची
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री...