ट्राफिक नियम उल्लंघन गर्नेलाई अनलाइनबाटै ‘सचेतना कक्षा’
काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेपछि लिनु पर्ने सचेतना कक्षा अब अनलाइनबाटै सञ्चालन हुने भएको छ। गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार विशेष समारोहबीच अनलाइन ट्राफिक सचेतना कक्षाको शुभारम्भ गरेका हुन्।
ट्राफिक नियम उल्लंघन गर्दा कतिपय विषयमा जरिवाना मात्रै तिराए पनि केहीमा भने अनिवार्य कक्षामा सहभागी हुनु पर्ने व्यवस्था छ। मादक पदार्थ सेवन, लेन अनुशासन उल्लंघन, रातो बत्तीको उल्लंघन, तिब्रगतिमा अनिवार्य कक्षा लिनु पर्ने व्यवस्था छ।
मादक पदार्थ सेवनमा २०६८ सालदेखि, लेन अनुशासन उल्लंघनमा २०७२, रातो बत्तीको उल्लंघनमा २०७७ र तिब्रगतिमा २०७९ देखि कक्षामा सहभागी हुनु पर्ने व्यवस्था गरिएको छ। तर अब यी सबै अनलाइन कक्षा सञ्चालन हुने भएको हो। अनलाइन कक्षामा सहभागी हुँदा मोबाइलको क्यामेराले आफ्नो फोटो खिचेको हुनु पर्नेछ।
कक्षामा सहभागी हुँदा एक मिनेटभन्दा बढी बाहिर रहन पाइने छैन। तीन पटक सचेत गराउँदै म्यासेज आएमा र अनलाइन कक्षामा सोधिने ६ प्रश्न मध्ये तीन वटाको सही जवाफ दिन नसकेमा डिसकनेक्ट गरिनेछ। १२ घण्टापछि मात्रै पुनः कक्षामा सहभागी हुन पाइने छ।
उक्त कक्षा अर्को दिन पनि पूरा नगरेमा वा सवारी दर्ता किताव र सडक इजाजतको कारबाहीमा भने सम्बन्धित कार्यालयमै उपस्थित भएर कक्षा लिनु पर्ने व्यवस्था गरिएको छ। गृहमन्त्री लेखकले नेपाल प्रहरीले नयाँ प्रविधिको प्रयोग गरेको कार्य अत्यन्तै सराहनीय भएको चर्चा गर्दै यस प्रविधिको प्रभावकारी रूपमा कार्यन्वयन गर्न र यसबाट हुन सक्ने समस्यामा पनि ध्यान दिन निर्देशन दिए।
यसअघि ट्राफिक नियम उल्लंघन गरे ट्राफिक कार्यालयमा पुगेर सचेतना कक्षामा सहभागी हुनै पर्ने व्यवस्था थियो। अब नागरिक एप मार्फत अनलाइन ट्राफिक सचेतना कक्षा लिन सकिने व्यवस्था मिलाइएको नेपाल प्रहरीको कार्य विभाग प्रमुख एआईजी सिद्धिविक्रम शाहले बताए।
नेपाल प्रहरी जनताका बिचमा लोकप्रिय बन्दै गएको तथा नागरिकको प्रहरी प्रतिको विश्वास एवम् भरोसा बढेको चर्चा गर्दै नागरिकालाई केन्द्रविन्दुमा राखेर शिष्ट व्यवहार एवम् आचरणका साथ आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने गृहमन्त्री लेखकले बताए।
प्रविधिको प्रयोगले कहिले काँही जोखिम र जटिलता निम्त्याउन सक्ने हुनाले प्रविधिको प्रयोग गर्दा थप सचेत भई आगामी दिनमा अझ सक्रिय भएर ट्राफिक व्यवस्थापनमा ध्यान दिन लेखकले निर्देशन दिए। कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरीले सामाजको गतिलाई ध्यानमा राख्दै आफ्नो सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई सदैव प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको बताए।
आगामी दिनमा पनि नागरिकको सेवा र सुरक्षाका विविध विषयहरूको पहिचान र डिजिटल प्रणालीको विकास गरी सेवा प्रवाहलाई विस्तार गर्दै लगिने आईजीपी थापाले बताए। अनलाइन ट्राफिक सचेतना कक्षा सेवाग्राहीलाई सहज हुने भएकोले सेवाग्राहीहरूको पनि पर्याप्त सहयोग हुने विश्वास उनले व्यक्त गरे।
Comments
अरु समाचार
-
पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल...
-
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरूले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन...
-
विद्युतीय भुक्तानी कार्डमा राष्ट्र बैंकको कडाई, एकीकृत निर्देशन २०८२ जारी
काठमाडौं । नेपाल राष्ट्र बैंक ले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ जारी गर्दै विद्युतीय भुक्तानी कार्ड सञ्चालनमा थप स्पष्टता र...
-
आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ ।...
-
न्यायालयमा ४० वर्ष बिताएका संखुवासभाका भण्डारी ‘सम्पत्ति छानबिन आयोग’ को संयोजक
काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोगको संयोजकमा संखुवासभा स्थायी घर भएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीलाई चयन गरेको छ...
-
यी हुन् पछिल्लो पटक मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन
मुस्ताङ । नयाँ वर्ष २०८३ सालको पहिलो दिन मुक्तिनाथ मन्दिरमा करिव बाह्र हजार धार्मिक तिर्थालुले दर्शन गरेका छन् । सुस्वास्थ्य,...
-
आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु हुँदै
काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका...












