किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित
काठमाडौं । वरिष्ठ पत्रकार, जनअास्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित भएका छन् ।
अफ्रिकी मुलुक ताञ्जानियामा सोमबारदेखि सुरु भएको काउन्सिलको शिखर सम्मेलनबाट विश्व प्रेस काउन्सिलको निर्वतमान महासचिवसमेत रहेका श्रेष्ठ उपाध्यक्ष ३ वर्षका लागि सर्वसम्मत निर्वाचित भएका हुन् ।
श्रेष्ठको प्रस्तावकमा भारतीय प्रेस काउन्सिलका प्रतिनिधि सुधीरकुमार पण्डा तथा समर्थकहरुमा जिम्बाब्वेका लफ्टी दुबे, म्यान्मारका डा.तिन तुन ओ,कोसोभोका इब्राहिम अर्सलान र तान्जानियाका काजुबी मुकाजाङ्गा रहेका थिए ।
त्यस्तै, काउन्सिल अध्यक्षमा डेभिड ओम्ओयो (केन्या) र अर्का उपाध्यक्ष अली हान्सेर्ली (साइप्रस) निर्वाचित भएका छन् । भने, तान्जानियाका अर्नेस्ट साम्सोन सुङ्गुरा महासचिवको जिम्मेवारीमा आउँदा टर्कीका तामेर अताबारुत कोषाध्यक्षमा निर्वाचित भएका छन्।
काउन्सिलको अन्तर्राष्ट्रिय सम्पर्क संयोजकमा भारतका सिके नायक र तान्जानियाका जियादा किलोबोले सम्हाल्ने भएका छन् ।
तान्जानियाको आरुसामा भइरहेको सम्मेलनमा नेपालसहित २७ राष्ट्रका प्रतिनिधिको सहभागिता रहेको छ ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे कांग्रेस सभापतिसहितका नेता
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । सभापति थापासँगै उपसभापतिद्वय विश्वप्रकाश शर्मा...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...
-
कांग्रेसले टुङ्ग्यायो समानुपातिकतर्फका २० जना सांसदको नाम
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फका २० जना सांसदको नाम टुङ्ग्याएको छ । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...
-
मनकामना मन्दिरबाट फर्किँदै गरेको माइक्रो दुर्घटना, ७ जनाको घटनास्थलमै ज्यान गयो
गोरखा । मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको ज्यान गएको छ । शनिबार...
-
एमालेले टुंग्यायो समानुपातिक सांसद, क-कसको नाम चयन ?
काठमाडौं । नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ । शनिबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ को संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन २०७९ को संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । शुक्रबार...
-
पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । केपी शर्मा...












