महादेवको दर्शन गर्न गएका एक दर्शनार्थीको हत्या
काठमाडौं । सिन्धुलीको मधुगंगा महादेव मन्दिरको दर्शन गर्न गएका एक दर्शनार्थीको हत्या भएको छ । दुधौली नगरपालिका २ स्थित मधुगंगा महादेव मन्दिरको दर्शन गर्न गएको एक दर्शनार्थीको आफ्नै साथीहरूको समूहले आपसी विवादमा हत्या गरेर फरार भएका छन् ।
मन्दिर दर्शन गर्नका लागि गएका एक दर्शनार्थीको समूहले एक जनालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले अनुमान लगाएको छ । मृतकको पहिचान खुलेको छैन, घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वाज सुवेदीले भने, स्थानीय पदमबहादुर घिसिङको मतान(गोठ)मा एक पुरुषको सब फेला परेको छ, पुरुषको छातीमा चोट लागेको देखिन्छ, नजिकै चक्कु र हँसिया भएकाले धारिलो हतियार प्रयोग भएको अनुमान लगाएका छौ । उनले मृतक पुरुष भारतीय हुन् वा नेपाली नै हुन् पहिचान नभएको बताए ।
दुधौली नगरपालिका २ का वडा अध्यक्ष रितेश राउतले तीर्थयात्रीको हत्या भएको पुष्टि गरे । हिँडेर आएका तीर्थयात्रीहरु मतानमा आराम गर्न बसेका रहेछन्, सोही समयमा विवाद भएको हुनसक्ने अनुमान छ, समूहमा आएका अरू फरार भएका छन् उनले भने ।
मृतकको पहिचान र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयले गोली चलेको आवाज आएको भन्दै प्रहरीलाई खबर गरेका थिए । घटना बिहान करिब १० बजेतिरको समयमा भएको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल...
-
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरूले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन...
-
विद्युतीय भुक्तानी कार्डमा राष्ट्र बैंकको कडाई, एकीकृत निर्देशन २०८२ जारी
काठमाडौं । नेपाल राष्ट्र बैंक ले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ जारी गर्दै विद्युतीय भुक्तानी कार्ड सञ्चालनमा थप स्पष्टता र...
-
आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ ।...
-
डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा ५ रुपैयाँले बढ्याे, अझै अत्यधिक घाटा निगम
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज मध्यरातिदेखि लागू हुने गरी डिजल, मट्टीतेल र...
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव : हल्का वर्षा र हिमपातकाे सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको र...
-
न्यायालयमा ४० वर्ष बिताएका संखुवासभाका भण्डारी ‘सम्पत्ति छानबिन आयोग’ को संयोजक
काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोगको संयोजकमा संखुवासभा स्थायी घर भएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीलाई चयन गरेको छ...
-
यी हुन् पछिल्लो पटक मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...












