ख्यालख्यालमै गयाे युवाकाे ज्यान…..
काठमाडौं। दोलखाको जिरी नगरपालिकामा पार्कमा रहेको प्रतिक्षालयमा खेल्ने क्रममा लडेर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
जिरी नगरपालिका–७ सुर्केका ३९ वर्षीय नुर्बु शेर्पाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । हिजो दिउँसो जङ्गली जडिबुटी खोज्न जिरीको ठूलो नागी क्षेत्र गएका शेर्पा जिरी नगरपालिका–६ स्थित गुराँस पार्कको प्रतिक्षालयमा झुण्डिएर खेल्ने क्रममा एक्कासी लडेर गम्भीर घाइते भएका थिए । प्रतिक्षालयको ट्रष्टमा झुण्डिने क्रममा सिमेन्टको कंक्रिटमा बजारिँदा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
साथिहरुसँग त्यहाँ पुगेका उनलाई तत्काल उद्धार गरी जिरी अस्पतालमा पठाइएकोमा सामान्य उपचारपछि हिजो दिउँसो हेलिकोप्टर मार्फत काठमाडौं रिफर गरिएको थियो। जिरीबाट काठमाडौंको ह्याम्स अस्पतालमा लगिएकोमा उनलाई बौद्ध स्तुपा अस्पताल रिफर गरिएको थियो । तर,उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
हाम्राे अपडेटबाट साभार गरिएकाे ।
Comments
अरु समाचार
-
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई छैन: अन्तर्राष्ट्रिय समुद्री सङ्गठन
काठमाण्डौ - अमेरिका र इरान युद्धका कारण अवरुद्ध भएको स्ट्रेट अफ हर्मुजमा पानीजहाज रोक्ने कानुनी अधिकार कुनै पनि देशलाई नभएको...
-
‘सर्वे भवन्तु सुखिन:’- प्रधानमन्त्री शाहले संस्कृत श्लोकमार्फत दिए नयाँ वर्षको शुभकामना
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को सुखद अवसरमा समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना...
-
आजदेखि नयाँ वर्ष २०८३ साल सुरु, हर्षोल्लासका साथ मनाइँदै
काठमाडौं । आजदेखि नयाँ वर्ष २०८३ साल सुरु भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा...
-
निगमकाे स्पष्टाेक्ति : १५ दिनमा सात अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा
काठमाडाैं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै जाँदा घाटा व्यहोर्नु परिरहेको जनाएको छ ।पछिल्लो समय...
-
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । शाह नेतृत्वको १६ सदस्यीय...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
आजदेखि ‘शून्य बाँकी फाइल अभियान सुरु हुँदै
काठमाडौं । सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्काएर निर्णयमा ढिलाइ हुने प्रवृत्ति...
-
प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको सम्पत्ति कति ?
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण...
-
साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड
दुबई । साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी ठहर भएका सात जनालाई मृत्युदण्ड दिएका छन् । पाँच साउदी...












