काठमाडौंमा डेङ्गु नियन्त्रण गर्न युवा परिचालन गर्ने तयारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेङ्गु जस्ता महामारीजन्य रोग रोकथाम र नियन्त्रण गर्न झण्डै ३०० युवा परिचालन गर्ने तयारी गरेको छ । महानगरपालिकाले ३२ वटै वडामा उनीहरुलाई स्वयंसेवकका रुपमा परिचालन गरिने जनाएको छ ।
महानगरपालिकाका स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण ‘फोकल पर्सन’ ऋषिप्रसाद भुसालका अनुसार अहिले महानगरपालिकाले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा युवालाई परिचालन गर्न लागेको हो । यसअन्तर्गत लामखुट्टेको लार्भा नष्ट गर्न विशेष जोड दिइनेछ । त्यसका लागि पानी जम्ने खाल्डाखुल्डी पुर्ने, खुला स्थानमा राखिएका पानी जम्न सक्ने भाँडा, टायर हटाउने, उद्यान सरसफाइमा विशेष ध्यान दिनेलगायत काम गरिने उहाँले जानकारी दिनुभयो ।
महानगरपालिकाले सहरी व्यवस्थापन विभागसँग मिलेर अव्यवस्थित रूपमा राखेका सामान हटाउनका लागि पहल गर्ने, पानी जम्ने सम्भावना भएको अवस्थालाई व्यवस्थापन गर्ने तयारी पनि गरेको छ । यससँगै कामपा प्रहरी, विपद् व्यवस्थापन विभाग र नेपाल रेडक्रस सोसाइटी तथा नागरिक सचेतना पनि सञ्चालन गरिने छ ।
वडा कार्यालय, स्वास्थ्य प्रवर्द्धन केन्द्र, स्थानीय क्लब, सामुदायिक प्रहरी र स्वास्थ्य स्वयंसेविकाको सहभागितामा यो अभियान सञ्चालन हुनेछ । त्यसैगरी महानगरपालिकाले हैजा रोग नियन्त्रण गर्न खानेपानीको गुणस्तरमा विशेष ध्यान दिँदै जारको पानी ढुवानीमा हुने कमजोरी रोक्न प्लास्टिक ¥याप, स्टिकर र सचेतनामूलक अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
Comments
अरु समाचार
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
मधेश प्रदेशले नयाँ सरकारको नीति र निर्देशन कार्यान्वयनमा सक्रियता देखायो
काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहको सपथ ग्रहण कार्यक्रम पछि, मधेश प्रदेशका प्रमुख सचिवले नयाँ नेतृत्वको नीति कार्यान्वयनमा क्रियाशिलता देखाएका...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको...
-
भण्डारीले सिध्याए निर्वाचन आयोगको साख, अधिकारै नभएको न्यायाधीश नियुक्तिमा लगाम !
काठमाडाैं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा संस्थापन पक्षको भनाइ राख्ने मौकासमेत नदिई एकोहोरो गगन थापा समूहलाई बैधानिकता दिएपछि विवादमा परेको...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...












