देशको आर्थिक समृद्धि साझा एजेण्डाः मूख्यसचिव अर्याल
काठमाडौँ। मूख्यसचिव एकनारायण अर्यालले देशको आर्थिक समृद्धि साझा एजेण्डा भएकाले यसप्रति गम्भीर हुन सबै सरोकारवालालाई आग्रह गर्नुभएको छ । नेपाल आर्थिक पत्रकार समाज ९सेजन० सँगको सहकार्यमा नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले आइतबार काठमाडौँमा आयोजना गरेको ‘सार्वजनिक–निजी संवाद कार्यक्रम’ मा उहाँले विकास प्रक्रियामा देखिएका नीतिगत उल्झनलाई सहजीकरण गर्दै सरकार र निजी क्षेत्रको सहकार्यमा मुलुकको विकास र आर्थिक समृद्धिलाई तीव्रताका साथ अगाडि बढाइनुपर्नेमा जोड दिनुभयो ।
“आर्थिक विकासको ड्राइभर निजी क्षेत्र हो, सरकारले बाटो फुकाइदिने हो”, मूख्यसचिव अर्यालले भन्न्ुभयो, “नीतिगत सहजीकरणमा सरकार केन्द्रित छ । पुरानो ऐनलाई समयसापेक्ष संशोधन गर्नैपर्छ । देशको समृद्धिका लागि ‘प्रोसेस ओरेन्टेड’ लाई निर्मूल गर्ने हिसाबले अघि बढ्नुपर्छ ।”
उहाँले सार्वजनिक खरिद प्रक्रियाका कारण विकासे कार्यक्रमले प्रगति हासिल गर्न नसकेको उल्लेख गर्नुभयो । मूख्यसचिव अर्यालले निजी क्षेत्र स्वस्थ प्रतिस्पर्धी हुनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालयका सचिवलगायतले बजेटको प्रभावकारी कार्यान्वयन, नीतिगत समस्या समाधान, पूर्वाधार विकास, ऊजा, कृषि र पर्यटन क्षेत्रको विकासका लागि चालिनुपर्ने कदमबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
सीएनआइका अध्यक्ष वीरेन्द्रराज पाण्डेले बजेट कार्यान्वयन प्रभावकारी बनाएर आर्थिक विकासलाई तीब्रता दिँदै स्वदेशी तथा विदेशी लगानी आकर्षण गरी दिगो विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सेजनका महासचिव विश्वास रेग्मीले बजेट कार्यान्वयन र प्राथमिकताका विषयबारे प्रस्तुतीकरण दिनुभएको थियो ।
Comments
अरु समाचार
-
आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु हुँदै
काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका...
-
निगमकाे स्पष्टाेक्ति : १५ दिनमा सात अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा
काठमाडाैं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै जाँदा घाटा व्यहोर्नु परिरहेको जनाएको छ ।पछिल्लो समय...
-
पूर्वाधारका पर्खाइमा सोवाङधुरी, हिमाल र सुर्योदय हेर्न आकर्षकस्थल
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सोवाङधुरी पर्यटक र पूर्वाधारका पर्खाइमा छ । समुन्द्रि सतहदेखि तीन हजार ९४० मिटर...
-
खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो
काठमाण्डौ - नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम...
-
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री
जुम्ला । जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको चामल जिल्ला बाहिर बिक्रीका लागि पठाइएको छ । बाहिरिएको...
-
सुन तस्करी प्रकरण: महरा र भन्सारका कर्मचारीसहित २८ जनाविरूद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी र त्यसको सट्टापट्टा गरी भ्रष्टाचार गरेको अभियोगमा पूर्वसभामुख...
-
को हुन् एफएनसीसीआईको एशोसिएट सदस्यमा उम्मेदवारी दिएका बलराम सापकोटा ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न ६०औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि व्यवसायी बलराम सापकोटाले एशोसिएट (खुल्ला)...
-
आर्थिक विकासका लागि साझा दृष्टिकोण बनाउन उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालको जोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र सञ्चार क्षेत्रबीचको सहकार्यलाई सुदृढ गर्दै आर्थिक विकासका लागि...
-
ट्रम्पले इरानमाथि सैन्य कारबाही रोकेपछि कच्चा तेलको मूल्यमा ठूलो गिरावट
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सम्भावित ठूलो आक्रमणलाई दुई हप्ताका लागि रोक्ने निर्णय गरे । सो...












