चिनियाँ सैन्य परेडमा ओली, किम र पुटिन सहित २६ राष्ट्र प्रमुख एकसाथ देखिँदै
काठमाडौं । जापानी आक्रमणविरुद्ध प्राप्त सफलताको ८०औँ वार्षिकोत्सवको अवसर पारेर चीनले पहिलो पटक परेडमार्फत् सैन्य शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ ।
भदौ १८ मा आयोजना हुन गइरहेको वार्षिकोत्सव समारोहमा चीनले पहिलो पटक विश्वका विभिन्न राष्ट्रका प्रमुखहरूको उपस्थितिमा आफ्नो सैन्य शक्तिलाई परेडमार्फत् देखाउने तयारी गरेको हो ।
बीबीसीकाअनुसार बेइजिङमा आयोजना हुने उक्त परेडमा चीनले आफ्ना नयाँ हतियारहरू देखाउने छ । जसमा सैयौँ विमान, ट्याङ्ग र एन्टी–ड्रोन सिस्टम रहने बताइएको छ ।
वार्षिकोत्सव समारोहमा प्रधनमन्त्री केपी शर्मा ओलीलाई पनि चीनले आमन्त्रण गरेको छ । साङ्घाई सहयोग संगठन ९एससीओ० शिखर सम्मेलन–२०२५ मा सहभाग हुन ओली चीन भ्रमणमा जाँदैछन् ।
प्रधानमन्त्री ओलीले आगामी भदौ १६ गतेदेखि तिआन्जिनमा आयोजना हुने एससीओ सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री ओली जापानी आक्रमणविरुद्धको चिनियाँ जित र विश्वव्यापी फासीवादविरोधी युद्धको विजयको ८०औँ वार्षिकोत्सवमा पनि सहभागी हुने कार्यक्रम छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले पनि सैन्य परेडमा भाग लिने भएका छन् । परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियानसहित २६ जना नेताहरू पनि सहभागी हुनेछन् ।
सन् १९३०–४० को दशकमा जापानको शाही सरकारसँगको लामो युद्धमा लाखौँ चिनियाँ नागरिक मारिएका थिए ।
सन् १९३९ मा जर्मनीले पोल्याण्डमाथि र सन् १९४१ मा जापानले अमेरिकाको पर्ल हार्बरमा आक्रमण गरेपछि यो द्वन्द्व विश्वभर फैलिएको थियो । चीनको कम्युनिस्ट पार्टीले विगतका वर्षहरूमा युद्धकालीन प्रतिरोधको सम्झनामा शृङ्खलाबद्ध कार्यक्रमहरू आयोजना गर्दै आएको छ, जसले चीनलाई फेरि कहिल्यै घुँडा टेक्न नदिने वाचा गरेको छ ।
प्योङयाङको कोरियन सेन्ट्रल न्युज एजेन्सीले पनि किमलाई ‘कमरेड सी जिनपिङको निमन्त्रणामा’ अतिथि हुने घोषणा गरेको छ ।
Comments
अरु समाचार
-
नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन
मुस्ताङ । नयाँ वर्ष २०८३ सालको पहिलो दिन मुक्तिनाथ मन्दिरमा करिव बाह्र हजार धार्मिक तिर्थालुले दर्शन गरेका छन् । सुस्वास्थ्य,...
-
आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु हुँदै
काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका...
-
वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निर्धारित समयसीमाभित्र सार्वजनिक गर्ने तयारी तीव्र पारेको छ। बोर्डले...
-
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई छैन: अन्तर्राष्ट्रिय समुद्री सङ्गठन
काठमाण्डौ - अमेरिका र इरान युद्धका कारण अवरुद्ध भएको स्ट्रेट अफ हर्मुजमा पानीजहाज रोक्ने कानुनी अधिकार कुनै पनि देशलाई नभएको...
-
‘सर्वे भवन्तु सुखिन:’- प्रधानमन्त्री शाहले संस्कृत श्लोकमार्फत दिए नयाँ वर्षको शुभकामना
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को सुखद अवसरमा समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना...
-
आजदेखि नयाँ वर्ष २०८३ साल सुरु, हर्षोल्लासका साथ मनाइँदै
काठमाडौं । आजदेखि नयाँ वर्ष २०८३ साल सुरु भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा...
-
निगमकाे स्पष्टाेक्ति : १५ दिनमा सात अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा
काठमाडाैं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै जाँदा घाटा व्यहोर्नु परिरहेको जनाएको छ ।पछिल्लो समय...
-
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । शाह नेतृत्वको १६ सदस्यीय...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...












