ऐन महरअघि रश्लिला छुटेको खुलासा, अरनिको पाँडे प्रकरणको हल्ला रोचक !
काठमाडाैं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई साइबर ब्यूरो हुँदै सरकारी वकिलको कार्यालय पुर्याइएपनि हाजिर जमानीमा एकैछिनमा छाडिएको र यस्तै प्रकृतिको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेलाई थुनामा राखेको विषयमा राजनीतिक प्रतिशोधको हल्ला चलाइएको छ । तर, महर प्रकरणमै जोडिएकी रश्मिला धामी पनि हाजिर जमानीमा छुटेको पाइएको छ ।
एमाले नेता महर र उनकी पत्नी सनुजा श्रेष्ठलाई लिएर महर भोटाहिटीस्थित साइबर ब्युरोमा हाजिर भएका थिए । त्यसपछि प्रहरीले आवश्यक अनुसन्धान तथा जाँचबुझ पश्चात सरकारी वकिलको कार्यालयले हाजिर जमानीमा छाडेको थियो ।
महर र पाँडे प्रकरणमा मिडिया ट्रायल गर्न खोजिएको र समान प्रकृतिका मुद्दामा समान व्यवहार गरेको विषय पारदर्शी भएपनि यस्ता विषय उचाल्न खोज्दा न्याय निरुपणदेखि सरकारी कार्यसम्पादनमा समेत प्रभाव पर्नसक्ने एक अधिकारीले न्यूज नेपाललाई बताए ।
महर दम्पति र रश्मिला धामीबीच पहिलेदेखि नै सामाजिक सञ्जालमा आरोप-प्रत्यारोप चलिरहेको थियो । सोहि प्रकरणमा महरले पनि धामीविरुद्ध उजुरी दिएका थिए । यसैगरि धामीलाई पनि छाडिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता रामहरि काफ्लेले महर दम्पतीलाई छाड्ने निर्णय गरेका हुन् । तर, उनै काफ्लेले बिहीबार त्यस्तै प्रकृतिको कसुरमा संलग्न रास्वपा नेता अरनिको पाँडेलाई नछाडेपछि यो विषयमा अनेक चर्चा चलिरहेको छ ।
काफ्लेले पाँडेको मुद्दा शुक्रबार नै दर्ता गर्ने काम अघि बढेको र महर दम्पतिको हकमा रश्मिला धामीलाई जसरी नै व्यवहार गरिएको बताएका छन् । महरदम्पति भन्दा पहिले धामीले हाजिरी जमानीमा छुट्ने माैका पाइसकेकी थिइन् ।
Comments
अरु समाचार
-
नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन
मुस्ताङ । नयाँ वर्ष २०८३ सालको पहिलो दिन मुक्तिनाथ मन्दिरमा करिव बाह्र हजार धार्मिक तिर्थालुले दर्शन गरेका छन् । सुस्वास्थ्य,...
-
आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु हुँदै
काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका...
-
वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निर्धारित समयसीमाभित्र सार्वजनिक गर्ने तयारी तीव्र पारेको छ। बोर्डले...
-
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई छैन: अन्तर्राष्ट्रिय समुद्री सङ्गठन
काठमाण्डौ - अमेरिका र इरान युद्धका कारण अवरुद्ध भएको स्ट्रेट अफ हर्मुजमा पानीजहाज रोक्ने कानुनी अधिकार कुनै पनि देशलाई नभएको...
-
‘सर्वे भवन्तु सुखिन:’- प्रधानमन्त्री शाहले संस्कृत श्लोकमार्फत दिए नयाँ वर्षको शुभकामना
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को सुखद अवसरमा समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना...
-
आजदेखि नयाँ वर्ष २०८३ साल सुरु, हर्षोल्लासका साथ मनाइँदै
काठमाडौं । आजदेखि नयाँ वर्ष २०८३ साल सुरु भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा...
-
निगमकाे स्पष्टाेक्ति : १५ दिनमा सात अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा
काठमाडाैं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै जाँदा घाटा व्यहोर्नु परिरहेको जनाएको छ ।पछिल्लो समय...
-
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । शाह नेतृत्वको १६ सदस्यीय...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...












