नेपाल बारले भन्याे ‘संसद विघटन असंवैधानिक कदम’
काठमाडौं । नेपाल बार एशोसिएशनले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको संसद विघटनको कदमप्रति आपत्ति जनाएको छ ।
गएराति नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले संसद विघटन गरेपछि एक विज्ञप्ति जारी गर्दै बारले उक्त कदम असंवैधानिक भएको जनाएको हो । बारले उक्त निर्णयको भर्त्सना समेत गरेको छ ।
बारले विज्ञप्तिमा राष्ट्रपतिको उक्त कदम स्वेच्छाचारी र असंवैधानिकका साथै कानूनी शासन, संवैधानिक सर्वोच्चता तथा संविधानवादको विपरित रहेको उल्लेख गरेको छ । राष्ट्रपतिको यो कदम नेपाली जनताले लोकतन्त्रका लागि गरेको लामो र कठिन संघर्षलाई गम्भीर रुपमा कमजोर पार्ने र लोकतन्त्र, गणतन्त्र र समावेशिता सहितको संघीयताजस्ता उपलब्धि खोस्नेतर्फ लक्षित रहेको बारको ठहर छ ।
प्रतिनिधिसभा विघटन गरिनु सर्वोच्च अदालतको यसअघिको संसद पुनस्थापना सम्बन्धी निर्णय विपरित हुने उल्लेख गर्दै बारले कुनै पनि बहानामा पश्चगामी कदमलाई अस्वीकार गर्ने बताएको छ ।
बारले लोकतन्त्रको तत्काल पुनस्थापना र संवैधानिक सर्वोच्चताको अटल पालनाको लागि जोडदार माग गरेको छ । यसका साथै सबै सरोकारवालाहरूलाई संविधानमा निहित जनचाहनाको सम्मान गर्न र कठिन संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई अस्थिर बनाउन सक्ने कुनै पनि कार्यबाट सचेत रहन आह्वान समेत गरेको छ ।
Comments
अरु समाचार
-
एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा हुने !
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ। मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका...
-
एनपीएल दोस्रो सिजनको पहिलो खेलका सबै टिकटहरू ‘सोल्ड आउट’
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको पहिलो खेलका टिकटहरू सबै बिक्री भएका छन् । खल्ती मोबाइल वालेटबाट टिकट...
-
दोस्रो संस्करणको एनपिएल बन्दैछ ऐतिहासीक, ‘सबै तयारी पूरा भयाे’ : क्यान
काठमाडौं । भोली मंसिर १ गते सोमबारबाट सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको क्यानले...
-
आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, काे-काे हुन्छन् सहभागी ?
काठमाडौं । आज आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्दैछ । गृहमन्त्री ओमप्रकाश अर्यालले दिउसो तीन बजे बस्नेगरी केन्द्रीय सुरक्षा समितिको...
-
नयाँ दल दर्ताका लागि दिएको समय आज सकिँदै,आयोगमा दर्ता हुने दलको सङ्ख्या १२६ पुग्याे !
काठमाडौं । निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि दिएको समय आज सकिँदै छ । आयोगले आगामी फागुन २१ गतेका लागि...
-
एनपिएल खेल्न नेपाल आइपुगे न्युजिल्यान्डका ‘गप्टिल’
काठमाडौं । न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न नेपाल आईपुगेका छन् । यस सिजनमा...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाली कम्युनिस्ट पार्टीसंगको एकता वार्तापछि जसपाले बोलायो बैठक
काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीसंग अशोक राई नेतृत्वको जनत समाजवादी पार्टीको एकीकरणको वार्ता सघन रुपमा अघि बढेको छ । एकता...
-
यस्तो छ एनपीएल दोस्रो संस्करणका निम्ति सार्वजनिक टिकट मूल्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति टिकट मूल्य सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार,...












