मन्त्री बन्न ठिक्क परेकी मिश्रलाई अख्तियारले नभई स्वार्थ समूहले रोकेको खुलासा !
काठमाडाैं । स्वास्थ्यमनमन्त्रीका लागि सिफारिस भएर अन्तिममा रोकिएकी डा. संगिता मिश्रमाथि ठूलो मिडिया ट्रायलका साथै दलाली भएको खुलासा भएको छ ।
अख्तियारलाई देखाएर स्वार्थ समूहले मिश्रको मन्त्री बन्ने बाटो रोकेको अख्तियार स्रोतले नै पुष्टी गरेको छ ।
‘कोविरुद्ध अनुसन्धान हुँदैछ र कस्तो अनुसन्धान हुँदैछ भन्ने कुरा अत्यन्तै गोप्य रहन्छ । कुनै व्यक्तिमाथिको अनुसन्धान हामीले सरकारलाई यो वा त्यो भनेर जानकारी गराउने कुरा पनि होइन् । संवैधानिक अंगले स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्ने र अभियोजनको बेला सबै कुरा सार्वजनिक हुने हो । तर, मिश्रको हकमा यसको विपरित मिडिया ट्रायलदेखि स्वार्थ समूहले मुद्दा चल्ने अन्तिम चरणमा पुगेको दाबी गरिदिए । यो सर्वथा गलत छ ।’ न्यूज नेपालसंग अख्तियारका एक उच्च अधिकारीले भने ।
‘मिश्रविरुद्ध अुसन्धान चलेको सत्य हो । तर, दुई वटा विषयमा चलिरहेका अनुसन्धान बलियो प्रमाण र आधारसहितका छैनन् । यहि विषयका कारण मन्त्री बन्ने बाटो रोक्न अख्तियारले भूमिका खेलेको भनेपछि यति भनिदिए । बाँकी कुरा त खुल्दै जाला ।’ आक्रोशित मुद्राका ती अधिकारीले भने ।
मिश्र स्वास्थ्यमन्त्रीका लागि नियुक्त गर्न भन्दै राष्ट्रपति रामचन्द्र पाैडेलसमक्ष सिफारिस भएपनि अन्तिममा स्वार्थ समूह रोक्न सफल भएको हो ।
उच्च स्रोतका अनुसार नेपालको जेनजी आन्दोलनमा भारतको ठूलो हात रहेपनि सरकार निर्माणदेखि अन्य विषयमा अमेरिका र पश्चिमा हाबी हुन पुगेका छन् । यस्तो स्थितिमा मिश्र पश्चिमा र अमेरिकाको रोजाईमा नपरेपछि मन्त्री बन्नबाट बञ्चित हुन पुगेको स्रोतको दाबी छ । तर, मिश्रले आफ्नो देशलाई नै केन्द्रमा राखेर काम गर्ने चाहना राख्दा पहिले पनि कांग्रेसका महामन्त्री गगन थापा, तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पाैडेल र मिश्रलाई मिचेर सचिव बन्न सफल भएका डा. विकास देवकोटा लगायतले विदेशी शक्तिको आडमा वितण्डा मच्चाएको बताइन्छ ।
Comments
अरु समाचार
-
भीम रावल नेतृत्वको अभियान र नेकपाबीच ७ बुँदे सहमति
काठमाडौँ । भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच ७ बुँदे सहमति भएको छ...
-
‘फागुन २१ गते निर्वाचनमा सहभागी नभए व्यवस्था नरहने खतरा’
काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनमा नगए व्यवस्था नरहने खतरा औंल्याएका छन्।...
-
यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती
काठमाडौं । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास...
-
मुख्यमन्त्री र मन्त्री नियुक्तिविरुद्ध आज पनि मधेशमा आन्दोलन
जनकपुरधाम । मधेश प्रदेशमा नेकपा एमालेको मुख्यमन्त्री नियुक्तिपछि आन्दोलनरत सात दलले बुधबार पनि आन्दोलन जारी रहने जनाएको छ । मंगलबार...
-
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएकी छन्...
-
१२ उपसचिवसहित ४३ कर्मचारीको सरुवा
काठमाडौं । १२ उपसचिवसहित ४३ कर्मचारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार गरेको निर्णय अनुसार...
-
यस्तो छ एनपीएल क्रिकेटको दोस्रो संस्करणको खेल तालिका
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हिजो...
-
नेपाल-चीन कोरला नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउने तयारी, गृह र अध्यागमन विभागको टोली अवलोकनमा
काठमाडाैं । गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमाको कोरला नाका अवलोकन गरेको छ । पोखराबाट हवाई मार्ग हुँदै...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...












