भारतमा युवा आन्दोलन भड्किदै,लद्दाखमा भाजपा कार्यालयमा आगजनी
काठमाडौं । भारमा पनि जेनजी आन्दोलन सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्ताले संविधान संशोधन गरेर विशेष राज्यको सुविधा खोसेर केन्द्र प्रशासित बनाएको विषयमा असन्तुष्टि जनाउँदै लद्दाखमा युवा आन्दोलन भड्किएको छ ।
लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने माग राख्दै पर्यावरणविद् र सामाजिक कार्यकर्ताले २ सातादेखि अनसन जारी राखेका थिए । अनसनमा बसेका सोनम वाङचुककको समर्थनमा निस्केका हजारौं मान्छे सडकमा उत्रिएर लेह हिल काउन्सिलको भवनमा ढुंगामुढा गरेका थिए ।
समाचार एजेन्सी पीटीआईका अनुसार प्रदर्शनकारीले सत्तारुढ भारतीय जनता पार्टीको कार्यालयमा आगजनी गरेका छन् । अहिले लेह र लद्दाखको अवस्था तनावग्रस्त रहेको छ । हजारौंको संख्यामा युवाहरु सडकमा उत्रिएपछि परिस्थिति भड्किएको छ ।
सोनमले हिंसाको बाटो नलिन युवालाई आह्वान गरेका छन् । प्रदर्शनकारीले भाजपाको कार्यालय जलाएर झण्डा फालेका थिए । उनीहरुले प्रहरीका गाडीमा पनि तोडफोड र आगजनी गरेका छन् । जेनजी आन्दोलन आफ्नो कारण नभएर सरकारले गरेको उपेक्षा र बेरोजगारीका कारण भड्किएको सोनमले बताएका छन् ।
यसअघि जम्मु कश्मिर राज्यमा रहेको लद्दाख एक हिमाली पर्यटकीय क्षेत्र हो । २०१९ मा मोदी दोस्रोपटक प्रधानमन्त्री भएपछि संविधान संशोधन गरेर लद्दाखलाई केन्द्र प्रशासित बनाएका थिए भने कश्मिरको विशेषाधिकार पनि खोसेका थिए । त्यसयता भित्रभित्रै त्यहाँका नागरिक आन्दोलित थिए ।
Comments
अरु समाचार
-
अमेरिकामा सरकारी कामकाज सञ्चालन गर्ने विधेयकमाथि मतदानको तयारी
वासिङटन डीसी । अमेरिकामा इतिहासकै सबैभन्दा लामो ४२ दिनको सरकारी कामकाज बन्द अन्त्य गर्न संसदले विधेयकमाथि मतदान गर्न तयारी गरेको...
-
रहेनन् बलिउडका ‘हि–म्यान’ धर्मेन्द्र
भारत । सिनेमामा ‘हि–म्यान’ भनेर परिचित बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ। ६ दशकभन्दा बढी समयदेखिको अनुपम...
-
ट्रम्पको ५ दिने एशिया भ्रमण : शक्ति प्रदर्शन र कूटनीतिक सन्तुलनको समिश्रण
वासिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पाँचदिने एशिया भ्रमण शक्ति प्रदर्शन र कूटनीतिक सन्तुलनको मिश्रण बनेको विश्लेषण भइरहेको छ...
-
16th ‘Belt and Road’ health post in Nepal to strengthen medical cooperation
Kathmandu : In order to continue deepening health cooperation and people-to-people exchanges under the "One Belt, One Road" framework, the...
-
दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु !
काठमाडाैं । दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु बसलाई पछाडिबाट ठोक्किएपछि बसमा आगो लागेपछि कम्तीमा २५ जनाको मृत्यु...
-
ट्रम्प–पुटिनबीचको वार्ता रद्द भएसँगै युक्रेनमा रूसी हवाई आक्रमण
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्ता रद्द भएसँगै युक्रेनमा रूसी हवाई आक्रमण भएको...
-
दिल्लीमा वायु प्रदूषण उच्च, दैनिक सीमाभन्दा १६ गुणा बढी एक्यूआई
नयाँ दिल्ली । भारतको सङ्घीय राजधानी दिल्लीमा वायु प्रदूषण उच्च भएको छ । दिल्लीमा वायु गुणस्तर मापन सूचक एक्यूआई ३००...
-
जापानका पूर्वप्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा निधन !
काठमाडाैं । जापानका पूर्व प्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको जापानी अधिकारीहरूले जनाएका छन् । दोस्रो विश्वयुद्धमा...
-
बंगलादेशमा मागियो पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड !
काठमाडौं । बंगलादेशमा अभियोजन पक्षले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग गरेको छ। उनीमाथि गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा...












