माओवादी केन्द्रको केन्द्रीय समिति बैठक: पत्रकारलाई बाहिर निकालियाे !
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरुवातमै विवादपूर्ण बनेको छ। प्रज्ञा भवन कमलादीमा सुरुमै भएको होहल्लापछि उद्घाटन सत्रको रिपोर्टिङका लागि पुगेका पत्रकारलाई बाहिर निकालिएको हो।
बैठकमा नेता सुदन किराँती, रञ्जित तामाङलगायतले प्रत्येक सदस्यलाई बोल्ने अवसर दिनुपर्ने माग गरेका थिए। तर पार्टी नेतृत्वले भौगोलिक र गैरभौगोलिक समूहमा छलफल गराई टोली नेतामार्फत धारणा प्रस्तुत गर्ने तयारी गरेको थियो। सो निर्णयको विरोध गर्दै सदस्यहरूले व्यक्तिगत रूपमा बोल्ने माग राखेपछि बैठक हलमा होहल्ला चर्किएको हो।
स्थिति नियन्त्रणमा लिन महासचिव देव गुरुङले पत्रकारलाई बाहिरिन आग्रह गरे। त्यसपछि उनले बैठकका एजेन्डा प्रस्तुत गरेका थिए। विशेष महाधिवेशन, आसन्न आम निर्वाचन र पार्टी एकता जस्ता विषयहरू यस बैठकका प्रमुख एजेन्डा रहेका छन्।
Comments
अरु समाचार
-
‘नियमित महाधिवेशन गर्न नेताहरू र बहुमतले नमाने विशेष महाधिवेशन’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि पार्टीको नियमित महाधिवेशन गर्न नसक्ने निष्कर्ष पार्टीले निकाल्ने हो भने विशेष महाधिवेशनले...
-
नयाँ मतदातामा निर्वाचनको उत्साह
बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या...
-
‘फागुन २१ गते निर्वाचनमा सहभागी नभए व्यवस्था नरहने खतरा’
काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनमा नगए व्यवस्था नरहने खतरा औंल्याएका छन्।...
-
तत्काल चुनाव जित्नको लागि मात्रै आफूहरूको एकता होइनः प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलले तत्काल चुनाव जित्नको लागि मात्रै आफूहरूले एकता नगरेको प्रष्ट पारेका छन्।...
-
मुख्यमन्त्री र मन्त्री नियुक्तिविरुद्ध आज पनि मधेशमा आन्दोलन
जनकपुरधाम । मधेश प्रदेशमा नेकपा एमालेको मुख्यमन्त्री नियुक्तिपछि आन्दोलनरत सात दलले बुधबार पनि आन्दोलन जारी रहने जनाएको छ । मंगलबार...
-
१२ उपसचिवसहित ४३ कर्मचारीको सरुवा
काठमाडौं । १२ उपसचिवसहित ४३ कर्मचारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार गरेको निर्णय अनुसार...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
काठमाडौं । नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका छन्। हाल उनी काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत...












