नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा !
काठमाडाैं । नारयणगढ-मुग्लिन सडकस्थित तुइन खोला नजिकै झरेको पहिरो पन्छाएसँगै बिहीबार रातिबाट सवारी आवागमन सञ्चालन भएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार मंगलबार दिउँसो पहिरो खसेसँगै यातायात आवागमन ठप्प बनेको थियो । नारायणगढ-मुग्लिन सडकमा राति पीने ११ बजेबाट दोहरै गाडी चल्न सुरू भएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिएका छन् ।
दसैंको मुखमा पहिरो खसेर सवारी आवागमन बन्द हुँदा पूर्व-पश्चिम हिँडेका यात्रु बिच सडकमै अलपत्र परेका थिए ।
दैनिक उपभोग्य वस्तु बोकेका मालबहाक सवारी साधन चितवनका विभिन्न स्थानमा रोकिएका छन् ।
अहिले रोकिएका सवारी साधनलाई गन्तव्यमा पठाउन थालिएको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...
-
सीडीओ सरुवामा थिति बसाल्दै गृहसचिव दंगाल र महाशाखा प्रमुख पराजुली
काठमाडाैं । प्रमुख जिल्ला अधिकारी सरुवामा पहिलो पटक वरिष्ठता र अनुभवलाई आधार बनाएर आर्थिक चलखेललाई पूर्णतः निषेध गरिएको पाइएको छ...
-
चारजना नयाँ मन्त्री थपिदै, शपथ ग्रहण पनि आजै !
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने भएकि छन् । सरकार गठन भएकाे लामाे समय सम्म पनि मन्त्रिपरिषदलाइ...
-
नेपाल अझै पनि एफएटीएफको ‘ग्रे लिस्ट’मा, सुधार प्रयास अपर्याप्त
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) नियन्त्रणको प्रभावकारिता मूल्याङ्कन गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाल अझै...
-
भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन बसेको छैनः प्रधानमन्त्री सुशीला कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन बसेको रुपमा बुझ्न नहुने...
-
‘जेनजी’ आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा, मृतक ५३ परिवारलाई पठाइयो राहत
काठमाडौं । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चबापत् रु ४८ लाख ५८ हजार निकासा गरेको छ ।...
-
सिन्धुलीमा श्रीमतीको ढुङ्गा प्रहारबाट श्रीमानको मृत्यु
काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–६ पानीटंकीमा श्रीमतीको ढुङ्गा प्रहारबाट श्रीमानको मृत्यु भएको छ । वर्ष ५५ को बुद्धसिं वाइबालाई घरायसी...












