जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा हो ? तथ्यले अर्कै मोड लिएको छ ।
प्रधानमन्त्री कार्कीको परिवारमा (श्रीमान दुर्गा सुवेदी) मा नजिकको नातेदारमा सुतक (सुत्केरो) परेकाले दशैंको टीका लगाउन नमिल्ने स्थिति सिर्जना भएपछि उनले चलाखीपुर्वक जेनजी युवाहरुप्रति समर्पित गरेको दाबी गरेकी हुन् ।
प्रधानमन्त्रीको सचिवालयले जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका युवाहरुको शोकमा टिका जरा नलगाउने निर्णय गरेको दाबी गरेपनि सुतकका कारण टीका रोकिएको स्रोतले जनाएको छ ।
सम्बन्धित समाचार शीर्षकः प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने
न्यूज नेपालको सम्पर्कमा आएका सुवेदी परिवारको नजिकका आफन्तले भने, ‘अहिले हाम्रो दशैंको टीका हुन्न । परिवारमा सुतक पर्यो । सुतकमा टीका लगाउने कुरा भएन् । अन्तरिम प्रधानमन्त्रीलाई पनि यसले ठूलो लाभ दियो । हुनेलाई औशीको रातमा जुनकिरीले नै उज्यालो दिन्छ भन्छन् नी, त्यस्तै भयो । उहाँ (सुशीला कार्की) भाग्यमानी पनि त हो नि ।’
संवैधानिक सर्वोच्चता र सरकार निर्माणमा संविधानको धारा ७६ बाहिरको कुरा लागू नहुने भन्दै वकालत गर्ने गरेकी कार्की आफै आवश्यकताको सिद्धान्त (Doctrine of Necessity) को बिल्ला भिराएर प्रधानमन्त्री बनेदेखि नै उनीमाथि नैतिक प्रश्नले घेर्न थालिएको छ ।
Comments
अरु समाचार
-
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई छैन: अन्तर्राष्ट्रिय समुद्री सङ्गठन
काठमाण्डौ - अमेरिका र इरान युद्धका कारण अवरुद्ध भएको स्ट्रेट अफ हर्मुजमा पानीजहाज रोक्ने कानुनी अधिकार कुनै पनि देशलाई नभएको...
-
‘सर्वे भवन्तु सुखिन:’- प्रधानमन्त्री शाहले संस्कृत श्लोकमार्फत दिए नयाँ वर्षको शुभकामना
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को सुखद अवसरमा समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना...
-
आजदेखि नयाँ वर्ष २०८३ साल सुरु, हर्षोल्लासका साथ मनाइँदै
काठमाडौं । आजदेखि नयाँ वर्ष २०८३ साल सुरु भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा...
-
निगमकाे स्पष्टाेक्ति : १५ दिनमा सात अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा
काठमाडाैं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै जाँदा घाटा व्यहोर्नु परिरहेको जनाएको छ ।पछिल्लो समय...
-
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । शाह नेतृत्वको १६ सदस्यीय...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
आजदेखि ‘शून्य बाँकी फाइल अभियान सुरु हुँदै
काठमाडौं । सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्काएर निर्णयमा ढिलाइ हुने प्रवृत्ति...
-
प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको सम्पत्ति कति ?
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण...
-
साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड
दुबई । साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी ठहर भएका सात जनालाई मृत्युदण्ड दिएका छन् । पाँच साउदी...












