भारतमा प्रहरी इन्काउन्टरः ह*त्या, डकैती र चोरीको अभियोग लागेका एक नेपाली मा*रिए !
काठमाडाैं । भारतमा हत्या, डकैती र चोरीको अभियोग लागेका एक नेपाली नागरिक प्रहरीको इन्काउन्टरमा मारिएका छन्। दिल्लीस्थित आस्थाकुञ्ज पार्कमा सोमबार राति गुडगाउँ र दिल्ली प्रहरीसँगको झडपमा उनको मृत्यु भएको प्रहरीले मंगलबार बिहान जानकारी दिएको थियो।
जोरा प्रमुख भारतीय सहरहरूमा चोरीमा संलग्न एक नेपाली गिरोहका नेता रहेको भारतीय प्रहरीले जनाएको छ। उनीविरुद्ध धेरै मुद्दा थिए। उनीमाथि मे २०२४ मा दिल्लीको जांगपुरामा डा. योगेशचन्द्र पौलको हत्या र अक्टोबर २ मा गुडगाउँको सेक्टर ४९ मा भाजपाका मेहरौली जिल्ला उपाध्यक्ष ममता भारद्वाजको घरमा भएको २० लाख रुपैयाँको चोरीमा समावेश भएको आरोप थियो।
नवभारत टाइम्सले उनको नेपाली ठेगाना कैलाली लालपुर रहेको जनाएको छ। जुन गोदावरी नगरपालिका-६ मा पर्छ। भारतीय प्रहरीकाअनुसार भीम जोरा नाम गरेका उनी कुख्यात अपराधी थिए। उनीबारे सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कार समेत घोषणा गरिएको थियो।
चोरीको मुद्दामा प्रहरीले जोराका एक सहयोगीलाई पक्राउ गर्दा सोधपुछका क्रममा उनी नै मुख्य योजनाकार रहेको नाम बाहिर आएको थियो। गुडगाउँका प्रहरी उपरीक्षक राजेशकुमार फोगट र सहायक प्रहरी आयुक्त ललित दलालको नेतृत्वमा भएको सोमबारको कारबाहीका क्रममा जोराले गोली चलाएको र इन्स्पेक्टर नरेन्द्र शर्मा जोगिन सफल भएको भारतीय प्रहरीले जनाएको छ।
प्रहरी नजिक पुग्दा जोराले गोली चलाएको र जवाफी कारबाहीमा उनी गम्भीर घाइते भएको प्रहरी दाबी छ। उनलाई तत्काल एम्स ट्रमा सेन्टर लगिएकोमा मृत घोषित भएका थिए।
Comments
अरु समाचार
-
जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जना पक्राउ परेका छन् । बागमती...
-
क्यानका महानिर्देशक पद दुरुपयोगमा लिप्त, पूर्वप्रधानन्यायाधीश बोकेर किन उडे सोलु ?
काठमाडाैं । अन्यथा त सोच्नु हुन्न तर सोच्नै पर्ने परिस्थिति सिर्जना गरिएको छ कोही पदाधिकारी चाहिदोभन्दा बढी बाठो बन्दा ।...
-
जुवा खेलिरहेका २१ जना पक्राउ
काठमाडौं । चितवनमा जुवा खेलेको आरोपमा प्रहरीले दुईवटा समूहका २१ जनालाई नियन्त्रणमा लिएको छ । सोमबार राति एक समूहलाई रेष्टुरेन्टबाट...
-
खाँदबारीमा जुवातास खेलिरहेका सात जना पक्राउ
काठमाडौं । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट जुवातास खेल्ने सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले खाँदबारी नगरपालिका–१ बसपार्कबाट जुवातास...
-
सप्तरीमा गोली हानेर पुजारीको हत्या !
काठमाडौं। सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको आज...
-
प्रदेश सभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध घुस प्रकरणमा मुद्दा !
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी क्षेत्र नं ४ ‘ख’बाट निर्वाचित मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी...
-
वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद !
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार...
-
काठमाडाैंमा संखुवासभाका छिरिङले गरे श्रीमतीकाे हत्या !
काठमाडौं । काठमाडौंको गौरीघाट नजिकै एक महिलाको हत्या भएको छ । स्थानीय मिलनचोकमा बस्ने ४० वर्षीया विमला भन्ने अप्सराको श्रीमानले...
-
५,५४७ कैदीबन्दी अझै फरार !
काठमाडाैं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका कारागारबाट भागेकामध्ये पाँच हजार ५४७ कैदीबन्दी अझै फरार...












