रौतहटको गौरमा यात्रुवाहक बस दुर्घटना !
काठमाडाैं । रौतहटको गौर नगरपालिका–६ सबगढास्थित लचकामा बुधबार यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा मानवीय क्षति नभए पनि बसको आधा भाग डुबेको छ ।
लगातारको वर्षा पछि लचकामा पानी जमेकाले सदरमुकाम गौर खण्ड अवरुद्ध भएको छ । यही अवस्थामा बस चलाउने प्रयास गर्दा पानीमा डुबेको हो । जिल्ला प्रहरी कार्यालय गौरले दुर्घटनामा बसका यात्रुहरू सकुशल रहेको जानकारी दिएको छ ।
प्रहरीका अनुसार चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको ना ४ ख ५३१८ नम्बरको यात्रुबस लचका तर्ने क्रममा अनियन्त्रित भई बाटोको बायाँ साइडको केही भाग डुबेको छ । बसमा १६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । उनीहरू सबैलाई उद्धार गरेर बाहिर निकालिएको छ ।
पानीका कारण लचकामा केही दिनदेखि बाटो अवरुद्ध छ । बस निकाल्ने पहल भइरहेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...
-
पत्रकार केशव भट्टराई विराटनगरमा सम्मानित
विराटनगर । पत्रकार केशव भट्टराई सम्मानित भएका छन् । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं...
-
कोशी प्रदेशकै नमुना मानिन्छ ‘सम्झना टोल विकास संस्था’, शनिबार साधारणसभा
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभा यही कार्तिक २२ गते शनिबार...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...
-
सीडीओ सरुवामा थिति बसाल्दै गृहसचिव दंगाल र महाशाखा प्रमुख पराजुली
काठमाडाैं । प्रमुख जिल्ला अधिकारी सरुवामा पहिलो पटक वरिष्ठता र अनुभवलाई आधार बनाएर आर्थिक चलखेललाई पूर्णतः निषेध गरिएको पाइएको छ...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
चारजना नयाँ मन्त्री थपिदै, शपथ ग्रहण पनि आजै !
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने भएकि छन् । सरकार गठन भएकाे लामाे समय सम्म पनि मन्त्रिपरिषदलाइ...












