प्रहरीका ८ सय बढी हतियार अझै गायब !
काठमाडौं । जेन–जी आन्दोलनको क्रममा लुटिएका मध्य नेपाल प्रहरीका ८ सय भन्दा बढी हतियार अझै गायब छन् । २३ र २४ भदौमा देशभर भएको जेन–जीको प्रदर्शनको क्रममा प्रहरीका साना ठूला गरी ११ सय भन्दा बढी हतियार लुटपाट भएको थियो ।
प्रहरी कार्यालय तोडफोड र आगजनी गर्दै हतियार लुटेर लगेको तस्बिर, भिडिओमा समेत देखिन्थ्यो । तीमध्ये तीन सयभन्दा बढी हतियार फिर्ता तथा सुरक्षा निकायले बरामद गरेका छन् ।
तर अझै ८ सय भन्दा बढी हतियार गायब रहेको प्रहरी प्रधान कार्यालयका अधिकृतहरु बताउँछन् । हतियार खोज्नका लागि समिति नै बनाएर अहिले काम भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।
प्रहरीका हतियार अहिलेसम्म गायब हुँदा सुरक्षा चुनौती बढ्दो छ भने यता सुरक्षाकर्मी भने हतियारविहीन हुनुपर्ने अवस्था छ । लुटिएकामध्ये केही हतियार नेपाली सेनाले बरामद गरेको थियो । केही हतियार तथा पेस्तोलसहित प्रहरीले केही व्यक्तिलाई पक्राउ पनि गरेको थियो । तर अझै ठूलो संख्यामा हतियार गायब रहेको पाइएको छ ।
प्रदर्शनको क्रममा प्रहरीका हतियार नै बोकेर आन्दोलनकारी हिँडेका थिए । प्रहरीलाई आत्मसमर्पण गर्न लगाउनेदेखि बर्दी र हतियार फुकाल्न लगाउनेसम्मका काम भएका थिए । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत एक गरी तीन प्रहरीले आन्दोलनमा ज्यान समेत गुमाएका थिए । केहीले भने भागेर र आत्मसर्पण गरेर ज्यान बचाएका थिए ।
Comments
अरु समाचार
-
क्यानका महानिर्देशक पद दुरुपयोगमा लिप्त, पूर्वप्रधानन्यायाधीश बोकेर किन उडे सोलु ?
काठमाडाैं । अन्यथा त सोच्नु हुन्न तर सोच्नै पर्ने परिस्थिति सिर्जना गरिएको छ कोही पदाधिकारी चाहिदोभन्दा बढी बाठो बन्दा ।...
-
जुवा खेलिरहेका २१ जना पक्राउ
काठमाडौं । चितवनमा जुवा खेलेको आरोपमा प्रहरीले दुईवटा समूहका २१ जनालाई नियन्त्रणमा लिएको छ । सोमबार राति एक समूहलाई रेष्टुरेन्टबाट...
-
खाँदबारीमा जुवातास खेलिरहेका सात जना पक्राउ
काठमाडौं । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट जुवातास खेल्ने सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले खाँदबारी नगरपालिका–१ बसपार्कबाट जुवातास...
-
सप्तरीमा गोली हानेर पुजारीको हत्या !
काठमाडौं। सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको आज...
-
प्रदेश सभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध घुस प्रकरणमा मुद्दा !
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी क्षेत्र नं ४ ‘ख’बाट निर्वाचित मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी...
-
वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद !
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार...
-
काठमाडाैंमा संखुवासभाका छिरिङले गरे श्रीमतीकाे हत्या !
काठमाडौं । काठमाडौंको गौरीघाट नजिकै एक महिलाको हत्या भएको छ । स्थानीय मिलनचोकमा बस्ने ४० वर्षीया विमला भन्ने अप्सराको श्रीमानले...
-
५,५४७ कैदीबन्दी अझै फरार !
काठमाडाैं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका कारागारबाट भागेकामध्ये पाँच हजार ५४७ कैदीबन्दी अझै फरार...
-
सुनसरीमा गोली हानेर सफारी चालकको हत्या !
काठमाडौं । सुनसरीमा गोली प्रहार गरेर एकजना सिटी सफारी चालकको हत्या गरिएको छ । रामधुनी नगरपालिका–२ तनमुनास्थित सडकमा सिटी सफारी...












