बागलुङमा सहकारी काण्ड: एक अर्बभन्दा बढी रकम हिनामिना आरोपमा १६ जना विरुद्ध मनी लाउण्डरिङ्गको मुद्दा
बागलुङ । बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थामा एक अर्बभन्दा बढीको रकम हिनामिना भएको अभियोगमा संस्थाका तत्कालीन अध्यक्ष देवकुमार नेपालीसहित १६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दा दर्ता गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय, बागलुङले २०८२ साल असोज २३ गते बागलुङ जिल्ला अदालतमा अभियोगपत्र दायर गर्दै आरोपीहरूलाई कडा कानुनी कारबाहीको माग गरेको हो।
अभियोगपत्र अनुसार देवकुमार नेपालीसहित प्रतिवादीहरूले सहकारी संस्थाको रकम संस्थाको उद्देश्यविपरीत, व्यक्तिगत लाभका लागि परिचालन गरेका थिए। सहकारी ऐन, नियम तथा विनियमविपरीत रकम उठाएर विभिन्न प्रलोभनमा पारी सर्वसाधारणसँग बचत गराइएको थियो। सोही रकम आफ्ना नाममा तथा परिवारका सदस्यको नाममा रहेको सम्पत्तिमा लगानी गरिएको प्रमाण फेला परेको सरकारी वकिल कार्यालयले जनाएको छ।
देवकुमार नेपालीले एक अर्ब ५८ करोड ९४ लाख ५५ हजार ३९१ रुपैयाँ ७८ पैसाको सम्पत्ति हिनामिना गरी त्यसै रकमबाट घरजग्गा खरिद गरेको, नगद मौज्दात संचित गरेको र श्रीमतीको नाममा समेत सम्पत्ति राखेको ठहर गर्दै अदालतमा मुद्दा दायर गरिएको हो। सरकारी वकिल कार्यालयले सो विगो बराबरको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) को कसुरमा देवकुमारलाई दोब्बर जरिवाना र २ देखि १५ वर्षसम्मको कैद सजायको माग गरेको छ। साथै, उनले नेतृत्व गरेको संस्थामा अध्यक्षको जिम्मेवारी सम्हालेकाले थप सजायको मागसमेत गरिएको छ।
देवकुमार नेपालीकी पत्नी छेला नेपालीविरुद्ध पनि ६ करोड ९८ लाख ८० हजार ७५२ रुपैयाँ ९४ पैसाको सम्पत्ति जफतको मागसहित अभियोग लगाइएको छ। साथै, अन्य १३ जना प्रतिवादीहरू — जसमा तत्कालीन संचालक, कर्मचारी तथा नजिकका व्यक्ति छन् — लाई प्रमुख अभियुक्तलाई सहयोग गरेको आरोपमा ‘मतियार’को हैसियतमा मुद्धा दायर गरिएको छ। उनीहरूलाई प्रमुख अभियुक्तलाई हुने सजायको आधा सजाय मागदावी गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले देवकुमार नेपालीका नाममा रहेको ३३ कित्ता जग्गा, ४० लाख बराबरको शेयर, एक लाख २० हजार रुपैयाँ नगद मौज्दात जफत गर्न माग गरेको छ। साथै, छेला नेपालीका नाममा रहेका १७ कित्ता जग्गा र अन्य प्रतिवादीहरूका नाममा रहेका सम्पत्तिहरू पनि जफतको दायरामा परेको उल्लेख गरिएको छ।
यो मुद्दा हाल बागलुङ जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको छ भने सहकारीमा रकम बचत गर्ने सर्वसाधारणले निष्पक्ष अनुसन्धान र दोषीलाई कडा सजायको माग गर्दै आएका छन्।
Comments
अरु समाचार
-
‘नियमित महाधिवेशन गर्न नेताहरू र बहुमतले नमाने विशेष महाधिवेशन’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि पार्टीको नियमित महाधिवेशन गर्न नसक्ने निष्कर्ष पार्टीले निकाल्ने हो भने विशेष महाधिवेशनले...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
पूर्वमन्त्री दीपक खड्काले बनाएका संरचनामा महानगरको डोजर
काठमाडाैं । काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री दीपक खड्काले बनाएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । बिहीबार प्रहरीहरु...
-
अमेरिकामा सरकारी कामकाज सञ्चालन गर्ने विधेयकमाथि मतदानको तयारी
वासिङटन डीसी । अमेरिकामा इतिहासकै सबैभन्दा लामो ४२ दिनको सरकारी कामकाज बन्द अन्त्य गर्न संसदले विधेयकमाथि मतदान गर्न तयारी गरेको...
-
एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टर के हो ? नेतृत्व नेपालले सम्हाल्यो
काठमाडौं । एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व आजदेखि नेपालले गरेको छ । थाइल्याण्डको बैंककमा आज सम्पन्न एडिपिसिको बोर्ड अफ ट्रष्टिजको...
-
भीम रावल नेतृत्वको अभियान र नेकपाबीच ७ बुँदे सहमति
काठमाडौँ । भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच ७ बुँदे सहमति भएको छ...
-
‘फागुन २१ गते निर्वाचनमा सहभागी नभए व्यवस्था नरहने खतरा’
काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनमा नगए व्यवस्था नरहने खतरा औंल्याएका छन्।...
-
यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती
काठमाडौं । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास...
-
मुख्यमन्त्री र मन्त्री नियुक्तिविरुद्ध आज पनि मधेशमा आन्दोलन
जनकपुरधाम । मधेश प्रदेशमा नेकपा एमालेको मुख्यमन्त्री नियुक्तिपछि आन्दोलनरत सात दलले बुधबार पनि आन्दोलन जारी रहने जनाएको छ । मंगलबार...












