स्वास्थ्य सेवा विभागले गर्यो ५ थान थ्रीडी म्यामोग्राफी मेसिन वितरण, ३ हजार भन्दा बढी महिला लाभान्वित
काठमाडौं । स्तन क्यान्सरको प्रारम्भिक पहिचानका लागि अत्याधुनिक प्रविधि मानिने थ्री डी (3D) म्यामोग्राफी सेवा अब राजधानी बाहिर पनि विस्तार गरिएको छ। स्वास्थ्य सेवा विभागले आर्थिक वर्ष २०८०/८१ मा पाँच थान थ्रीडी म्यामोग्राफी मेसिन खरिद गरी देशका प्रमुख पाँच अस्पतालहरूमा वितरण गरेको छ।
वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, निजामती कर्मचारी अस्पताल काठमाडौं, नारायणी अस्पताल वीरगञ्ज र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मेसिन वितरण गरिएको हो। देशकै सबैभन्दा ठूलो मध्ये एक विपी क्यान्सर अस्पतालमा लामो समयदेखि सेवा बन्द हुँदा सेवाग्राही प्रभावित भएपनि अब भने सेवाग्राहीले सहज सेवा पाउनेछन् । ती सबै अस्पतालमा हाल सेवा सञ्चालनमा आइसकेको छ भने ३००० भन्दा बढी बिरामीहरूले सेवा लिइसकेका छन्।
स्वास्थ्य सेवा विभागले यी म्यामोग्राफी मेसिन २०८१ सालको अषाढ २४ गते प्राप्त गरी अस्पतालहरूसँग त्रिपक्षीय सम्झौता गरी श्रावण महिनामा सामान बुझि जडान गरेपछि सेवा सञ्चालन भएको हो ।
देशकै सबैभन्दा धेरै बिरामीको चाप हुने मध्येको एक विपी अस्पताल धरानमा समेत म्यामोग्राफी मेसिन पुगेपछि एमडी अध्ययन गर्नेहरुले समेत क्षमता अभिवृद्धिसंगै सेवाग्राहीले उपचारमा सहजता प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
पहिले थ्रीडी म्यामोग्राफी सेवा सरकारी अस्पतालमध्ये केवल वीर अस्पतालमा मात्र उपलब्ध थियो। सेवा सीमित हुँदा राजधानी बाहिरका महिलाहरू स्तन क्यान्सरजस्तो गम्भीर रोगको समयमै पहिचान र उपचारबाट बञ्चित भइरहेका थिए। अब भने राजधानी बाहिरका अस्पतालमा पनि सेवा सुरु भएपछि दुरदराजका बिरामीहरूलाई सहज भएको छ।
थ्रीडी म्यामोग्राफीले स्तनको विभिन्न कोणबाट सूक्ष्म तस्बिर खिच्ने भएकाले प्रारम्भिक अवस्थामै सानो ट्युमरसमेत देख्न सकिन्छ। यसले समयमै क्यान्सर पहिचान गरी उपचार गर्न मद्दत पुर्याउने चिकित्सकहरूको भनाइ छ।
खरिद प्रक्रिया अन्तर्गत विभागले एक थान मेसिन करबाहेक रु. २ करोड ५१ लाखमा खरिद गरेको हो। सोही मेसिन अन्य अस्पतालहरूले झण्डै चार करोडमा खरिद गरेपनि विभागले लागत बचत गर्दै गुणस्तरीय मेसिन खरिद गरेको देखिन्छ।
विगतमा केही अस्पतालहरूमा म्यामोग्राफी सेवा लामो समयदेखि बन्द हुँदा बिरामीहरू समस्यामा परिरहेका थिए। अहिले सेवा पुनः सुरु भएसँगै स्तन क्यान्सरको प्रारम्भिक स्क्रिनिङ गराउन आएका महिलाहरूले राहत पाएका छन्।
नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार स्तन र पाठेघर मुखको क्यान्सरको निःशुल्क प्रारम्भिक जाँच तथा उपचारको सेवा देशभर विस्तार गर्ने लक्ष्य छ। स्वास्थ्य सेवा विभागको यो कदम उक्त नीतिको कार्यान्वयनतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
Comments
अरु समाचार
-
भीम रावल नेतृत्वको अभियान र नेकपाबीच ७ बुँदे सहमति
काठमाडौँ । भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच ७ बुँदे सहमति भएको छ...
-
‘फागुन २१ गते निर्वाचनमा सहभागी नभए व्यवस्था नरहने खतरा’
काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनमा नगए व्यवस्था नरहने खतरा औंल्याएका छन्।...
-
यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती
काठमाडौं । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास...
-
मुख्यमन्त्री र मन्त्री नियुक्तिविरुद्ध आज पनि मधेशमा आन्दोलन
जनकपुरधाम । मधेश प्रदेशमा नेकपा एमालेको मुख्यमन्त्री नियुक्तिपछि आन्दोलनरत सात दलले बुधबार पनि आन्दोलन जारी रहने जनाएको छ । मंगलबार...
-
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएकी छन्...
-
१२ उपसचिवसहित ४३ कर्मचारीको सरुवा
काठमाडौं । १२ उपसचिवसहित ४३ कर्मचारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार गरेको निर्णय अनुसार...
-
यस्तो छ एनपीएल क्रिकेटको दोस्रो संस्करणको खेल तालिका
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हिजो...
-
नेपाल-चीन कोरला नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउने तयारी, गृह र अध्यागमन विभागको टोली अवलोकनमा
काठमाडाैं । गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमाको कोरला नाका अवलोकन गरेको छ । पोखराबाट हवाई मार्ग हुँदै...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...












