विश्वकप छनाेटः नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दै !
काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
लिग चरणदेखि अपराजित रहेको नेपालले आज ओमानलाई हराउन सके तेस्रो पटक टी–२० विश्वकप यात्रा पक्का गर्नेछ ।
नेपालले यसअघि पहिलो पटक सन् १०२४ मा बङ्गलादेशमा भएको र सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न विश्कप खेलेको थियो ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा राति ८ः४५ बजे सुरु हुने खेलमा नेपाल आफ्नो अपराजित यात्रा कारण राख्न चाहन्छ ।
जसले छनोटसँगै उपाधि यात्रा समेत सहज बन्नेछ । ठिक यस्तै ओमान पनि घरेलु मैदानको फाइदा उठाउँदै आफ्नो अपराजित यात्रा कायम राख्ने अभियानमा छ । त्यसैले आजको खेल दुवै टोलीका लागि फाइनल सरह महत्वपूर्ण छ ।
विगतको इतिजा हेर्दा नेपाल ओमानभन्दा बलियो छ । यसअघि दुई टोलीबिच भएको सात भिडन्तमा नेपालले पाँच र ओमानले दुई खेल जितेको छ ।
सुपर सिक्सका अघिल्ला दुई खेलमा अन्तिम ओभरमा पुगेर नतिजा आफ्नो पक्षमा पारेको नेपाललाई ओमानविरुद्ध बलियो आत्मविश्वासको खाँचो छ ।
नेपालले युएई विरुद्ध एक र कतारविरुद्ध पाँच रनको सनसनीपूर्ण जित निकाल्दै आफुलाई बलियो रुपमा प्रस्तुत गरिरहेको छ । त्यसैले ओमानलाई पनि उस्तै हार चखाएर नेपाल आज एक खेल अगावै विश्वकप यात्रा तय गर्न चाहन्छ ।
यसपछि नेपालले अन्तिम तथा चौथो खेल शुक्रबार सामोआसँग खेल्नेछ । सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।
Comments
अरु समाचार
-
च्याम्पियन्स लिग: म्यानचेस्टरसँग पिएसजी २–१ गोल अन्तरले पराजित
काठमाडौं । महिला च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ । म्यानचेस्टर युनाइटेडले पिएसजीलाई २–१ गोल अन्तरले पराजित...
-
यस्तो छ एनपीएल क्रिकेटको दोस्रो संस्करणको खेल तालिका
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हिजो...
-
लिग-२ : नेपालको लगातार चौंथो हार, अन्तिम खेलमा युएईले ४ विकेटले हरायाे
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम...
-
आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट...
-
झापा महिला गोल्डकप आजदेखि शुरू हुँदै
काठमाडाैं। झापा महिला गोल्डकप प्रतियोगिता आजदेखि शुरू हुँदैछ । उद्घाटन खेल दिउँसो दुई बजे नेपाल पुलिस क्लबको महिला टोली र...
-
भारतले जित्यो महिला विश्वकप क्रिकेटको उपाधि
काठमाण्डौ । दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । नवी मुम्बईमा...
-
विश्वकप लिग–२ मा नेपालको लगातार तेस्रो हार, कसले कस्ताे खेले ?
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ को युएई सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । नेपाल आफ्नो तेस्रो खेलमा...
-
विश्वकप लिग-२ मा आज यूएईसँग भिड्दै नेपाल
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईको खेल बिहीबार बिहान ११...
-
विश्वकप लिग-२ मा आज अमेरिका र नेपालको भिडन्त
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र अमेरिकाको...












