उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा ‘तत्काल सुधार कार्ययोजना-२०८२’ कार्यान्वयनमा
काठमाडौं, असोज २९ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले “तत्काल सुधार कार्ययोजना–२०८२” कार्यान्वयनमा ल्याएको छ। जेनजी आन्दोलनपछिको परिवर्तित परिस्थितिमा सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी, सहज, सरल तथा प्रविधिमैत्री बनाउन मन्त्रालयले कार्ययोजना कार्यान्वयनमा ल्याएको हो ।
नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयअनुसार २०८२ साल असोज २९ गते स्वीकृत उक्त कार्ययोजना मन्त्रालय र यस अन्तर्गतका निकायहरूबाट प्रवाह हुने सेवाहरूमा तिव्र सुधार ल्याउने उद्देश्यले अघि सारिएको हो।
उक्त कार्ययोजनामा उद्योग क्षेत्रसँग सम्बन्धित २० वटा, वाणिज्य क्षेत्रसँग सम्बन्धित ८ वटा तथा आपूर्ति क्षेत्रसँग सम्बन्धित ११ वटा गरी कुल ३९ वटा सुधारका क्षेत्रहरू समेटिएको छ। यी सुधारका कार्यहरू सम्बन्धित निकायहरूको वार्षिक बजेट तथा कार्यतालिकाको सीमाभित्र रहेर तय गरिएको माइलस्टोन र लक्ष्य प्राप्त गर्ने गरी अघि बढाइने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार यस कार्ययोजनाको प्रभावकारी कार्यान्वयनले सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्नेछ। साथै, यसले उद्योग तथा व्यापार क्षेत्रलाई सहज वातावरण सिर्जना गर्दै आर्थिक समृद्धि र सुशासनको प्रत्याभूति दिलाउने अपेक्षा गरिएको छ।
मन्त्रालयले लगानीमैत्री वातावरण निर्माण, व्यावसायिक सुरक्षा सुनिश्चितता, उत्पादन र उत्पादकत्व वृद्धिको प्रवर्द्धन, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन तथा सहज आपूर्ति व्यवस्थापनजस्ता महत्वपूर्ण पक्षहरूमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
साथै, मन्त्रालयले कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि मातहतका निकायहरू, निजी क्षेत्रका छाता संगठनहरू, वस्तुगत संघ–संस्थाहरू, उद्योगी–व्यवसायी, आम नागरिक तथा सम्पूर्ण सरोकारवाला पक्षहरूको सक्रिय र अर्थपूर्ण सहभागिताका लागि आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।
Comments
अरु समाचार
-
एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा हुने !
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ। मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका...
-
एनपीएल दोस्रो सिजनको पहिलो खेलका सबै टिकटहरू ‘सोल्ड आउट’
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको पहिलो खेलका टिकटहरू सबै बिक्री भएका छन् । खल्ती मोबाइल वालेटबाट टिकट...
-
दोस्रो संस्करणको एनपिएल बन्दैछ ऐतिहासीक, ‘सबै तयारी पूरा भयाे’ : क्यान
काठमाडौं । भोली मंसिर १ गते सोमबारबाट सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको क्यानले...
-
आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, काे-काे हुन्छन् सहभागी ?
काठमाडौं । आज आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्दैछ । गृहमन्त्री ओमप्रकाश अर्यालले दिउसो तीन बजे बस्नेगरी केन्द्रीय सुरक्षा समितिको...
-
नयाँ दल दर्ताका लागि दिएको समय आज सकिँदै,आयोगमा दर्ता हुने दलको सङ्ख्या १२६ पुग्याे !
काठमाडौं । निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि दिएको समय आज सकिँदै छ । आयोगले आगामी फागुन २१ गतेका लागि...
-
एनपिएल खेल्न नेपाल आइपुगे न्युजिल्यान्डका ‘गप्टिल’
काठमाडौं । न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न नेपाल आईपुगेका छन् । यस सिजनमा...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाली कम्युनिस्ट पार्टीसंगको एकता वार्तापछि जसपाले बोलायो बैठक
काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीसंग अशोक राई नेतृत्वको जनत समाजवादी पार्टीको एकीकरणको वार्ता सघन रुपमा अघि बढेको छ । एकता...
-
यस्तो छ एनपीएल दोस्रो संस्करणका निम्ति सार्वजनिक टिकट मूल्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति टिकट मूल्य सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार,...












