सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।
मन्त्री खरेललाई रेडियो नेपालका प्रथम गायक ख्यातिप्राप्त रंगकर्मी अभिनेता तथा गीतकार स्वर्गीय हरिप्रसाद रिमालको १०१ औँ जन्मजयन्तीको अवसरमा हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले सञ्चार सेवा सम्मानबाट पुरस्कृत गरिएको हो ।
मन्त्री खरेललाई प्रतिष्ठानले सम्मान गर्ने निर्णय मन्त्री हुन अगाडि नै गरेको थियो। असोजको २ गते गरिने भनिएको कार्यक्रम जेनजी आन्दोलनका कारण पछाडि सरेको थियो ।
प्रतिष्ठानले गायिका मिरा राणा र गायक धिरज राईलाई पनि जनही एक लाख र सम्मान पत्रले सम्मान गरेको छ।
त्यस्तै, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले आफ्नो कार्यकालमा कुनै खराब काम नगर्ने जनाएका छन् । उनले भने,, ‘म यो मञ्चबाट प्रतिबद्धता गर्न चाहन्छु कि, मैले जानेर बुझेर कुनै काम गर्ने छैन। राम्रो काम के कति गर्न सकिएला पाँच महिनापछि थाहा होला तर खराब काम चाहिँ मबाट हुने छैन,’।
‘तेरो कारणले खराब काम भयो भन्ने बनाउने छैन। मलाई नागरिक सरकारले मन्त्री बनाएको हो। तपाईंहरूले डोर्याएको बाटो हिँड्ने छु,’ मन्त्री उनले थपे।
त्यस्तै, सरकारको जेनजी आन्दोलनका माग पुरा गर्न र शान्तीपूर्णरुपमा निर्वाचन सम्पन्न गर्न बनेको बताउँदै बाँकी पाँच महिना भित्र यी सबै काम गरिसक्ने प्रतिबद्धता समेत जनाए ।
Comments
अरु समाचार
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना कारबाहीको दायरामा
महेन्द्रनगर । गत वर्ष कञ्चनपुर प्रहरीले लागुऔषध मुद्दामा महिला तथा पुरुष गरी ३३४ जनालाई कारबाहीको दायरामा ल्याएको छ । गत...
-
सेयर बजारमा सोमबारदेखि नयाँ सर्किट ब्रेकको व्यवस्था लागु हुँदै
काठमाडौं । सोमबारदेखि सेयर बजारमा नयाँ सर्किट ब्रेकको व्यवस्था लागु हुने भएको छ । नेप्सेले हालको कारोबार सञ्चालक विनियमावली संशोधन...
-
फेसबुकमा अपलोड गरिएको भिडियोले ल्यायो १८ वर्षदेखि हराएको छोराको खबर
कञ्चनपुर । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको...
-
वैशाख कृष्ण औँसी : मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज (वैशाख...
-
पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल...
-
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरूले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन...
-
विद्युतीय भुक्तानी कार्डमा राष्ट्र बैंकको कडाई, एकीकृत निर्देशन २०८२ जारी
काठमाडौं । नेपाल राष्ट्र बैंक ले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ जारी गर्दै विद्युतीय भुक्तानी कार्ड सञ्चालनमा थप स्पष्टता र...
-
आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ ।...












