टी–२० विश्वकप छनोटः अन्तिम खेलमा आज नेपाल र सामोआ भिड्दै
काठमाण्डाै – अर्को वर्ष भारत र श्रीलङ्कामा हुने आईसीसी टी–२० विश्वकप खेल्ने सबै टोलीको टुङ्गो लागेको छ । ओमानमा जारी एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटमा हिजो यूएईले जापानलाई आठ विकेटले हराएसँगै विश्वकप खेल्ने टोलीहरुको समिकरण पूरा भएको छ ।
एशिया तथा इस्ट एशिया प्यासिफिकबाट यसअघि नै नेपाल र ओमान छनोट भइसकेका छन् । आयोजक भारत र श्रीलङ्काबाहेक आईसीसीका शीर्ष सात टोली अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिजले आउँदो विश्वकपमा स्वतः प्रवेश पाएका छन् ।
टी–२० अन्तर्राष्ट्रिय वरीयताको आधारमा न्यूजील्यान्ड, पाकिस्तान र आयरल्यान्डले पनि आफ्नो स्थान बनाइसकेका छन् । क्यानडाले अमेरिकी छनोटमा सजिलैसँग विश्वकपमा पुग्यो । पहिलो पटक विश्वकपमा सहभागी इटालीसँगै नेदरल्यान्ड्स युरोपमा भएको पाँच टोलीको प्रतियोगिताबाट छनोट भएका छन् ।
नामिबिया र जिम्बाब्वेले आठ टोलीको अफ्रिका छनोटबाट दुई स्थान सुरक्षित गरे भने नेपाल, ओमान र यूएईले पनि जारी छनोट खेलबाट विश्वकपमा स्थान बनाएका छन् । सन् २०२६ मा हुने टी–२० विश्वकम अघिल्लो संस्करण जस्तै ढाँचामा हुनेछ । २० टोलीहरूलाई चार समूहमा विभाजन गरिनेछ । हरेक टोलीले राउन्ड–रोबिन ढाँचामा एक अर्कासँग खेल्नेछन् । त्यसपछि हरेक समूहबाट शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।
यसैबीच आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर–सिक्सको आफ्नो अन्तिम खेलमा आज नेपालले सामोआसँग खेल्दैछ । खेल ओमानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ ।
शीर्ष स्थानमा रहेको नेपाललाई आजको खेलसँगै टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको उपाधि जित्ने अवसर छ । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ मा विश्वकप खेलेको थियो । नेपालको यो तेस्रो पटकको विश्वकप यात्रा हो ।
नेपालको चार खेलमा आठ अङ्क छ । सुपर सिक्समा कुनै पनि खेल जित्न नसकेको सामोआ तालिकाको पुछारमा रहेर विश्वकप छनोटबाट बाहिरिसकेको छ । दोश्रो स्थानमा रहेको यूएईले सबै पाँच खेल खेल्दै छ अङ्क बनाएको छ । चार खेलमा ओमानको छ अङ्कसहित तेश्रो स्थानमा छ । ओमानले आज जापानसँग खेल्दैछ । ओमानको पनि छनोट प्रतियागिताको उपाधि जित्ने सम्भावना कायमै छ ।
Comments
अरु समाचार
-
एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा हुने !
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ। मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका...
-
एनपीएल दोस्रो सिजनको पहिलो खेलका सबै टिकटहरू ‘सोल्ड आउट’
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको पहिलो खेलका टिकटहरू सबै बिक्री भएका छन् । खल्ती मोबाइल वालेटबाट टिकट...
-
दोस्रो संस्करणको एनपिएल बन्दैछ ऐतिहासीक, ‘सबै तयारी पूरा भयाे’ : क्यान
काठमाडौं । भोली मंसिर १ गते सोमबारबाट सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको क्यानले...
-
आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, काे-काे हुन्छन् सहभागी ?
काठमाडौं । आज आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्दैछ । गृहमन्त्री ओमप्रकाश अर्यालले दिउसो तीन बजे बस्नेगरी केन्द्रीय सुरक्षा समितिको...
-
नयाँ दल दर्ताका लागि दिएको समय आज सकिँदै,आयोगमा दर्ता हुने दलको सङ्ख्या १२६ पुग्याे !
काठमाडौं । निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि दिएको समय आज सकिँदै छ । आयोगले आगामी फागुन २१ गतेका लागि...
-
एनपिएल खेल्न नेपाल आइपुगे न्युजिल्यान्डका ‘गप्टिल’
काठमाडौं । न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न नेपाल आईपुगेका छन् । यस सिजनमा...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाली कम्युनिस्ट पार्टीसंगको एकता वार्तापछि जसपाले बोलायो बैठक
काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीसंग अशोक राई नेतृत्वको जनत समाजवादी पार्टीको एकीकरणको वार्ता सघन रुपमा अघि बढेको छ । एकता...
-
यस्तो छ एनपीएल दोस्रो संस्करणका निम्ति सार्वजनिक टिकट मूल्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति टिकट मूल्य सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार,...












