समाओलाई १२४ रनले पराजित गर्दै नेपाल विश्वकप छनोटको च्याम्पियन
काठमाडौं । समाओलाई १२४ रनले पराजित गर्दै नेपाल विश्वकप छनोटको च्याम्पियन भएको छ । नेपालले आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत एसिया एन्ड इएपी छनोटको उपाधि जितेको हो । सुपर-६ को अन्तिम खेलमा समाओलाई नेपालले १२४ रनले पराजित गर्दै च्याम्पियन बन्यो। यसअघि नै विश्वकपमा छनोट भएको नेपालले समाओलाई हराएसँगै उपाधि जितेको हो।
नेपालले समूह चरणमा कुवेत र जापानलाई पराजित गर्दै सुपर-६ मा स्थान बनाएको थियो। सुपर-६ मा नेपालले युएई, कतार, ओमान र समाओलाई हरायो। नेपालले सुपर-६ मा १० अंक जोड्दा दोस्रो स्थानको ओमानको ८ अंक र तेस्रो स्थानको युएईले ६ अंक जोडे। छनोटबाट नेपालसँगै ओमान र युएई विश्वकपमा छनोट भए।
शुक्रबार नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको समोआले २० ओभरमा ७ विकेटको क्षतिमा ८७ रन मात्र जोड्न सक्यो। समोआलाई सस्तैमा रोक्न नेपालका ललित राजवंशीले ३ विकेट लिए। ब्याटिङमा सामोआका सिन सोलियाले सबैभन्दा बढी ४० न जोड्दा अरु ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
ओमान क्रिकेट एकेडेमीमा समोआले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २११ रन बनायो। नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। आसिफले ४१ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६९ रन जोडे। अर्का ओपनर कुशल भुर्तेल १५ बलमा १७ रन बनाए।
दीपेन्द्रले ३३ बलमा २ चौका र ४ छक्काको मद्दतमा ५३ रन बनाए। आरिफ शेख ९ रनमा आउट हुँदा रोहित पौडेलले नटआउट २१ रन बनाए। रोहितले १२ बलमा १ चौका र १ छक्का प्रहार गरे। आक्रामक ब्याटिङ गरेका लोकेश बमले १२ बलमा नटआउट ३९ रन बनाए। उनले २ चौका र ४ छक्का प्रहार गरे।
Comments
अरु समाचार
-
‘नियमित महाधिवेशन गर्न नेताहरू र बहुमतले नमाने विशेष महाधिवेशन’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि पार्टीको नियमित महाधिवेशन गर्न नसक्ने निष्कर्ष पार्टीले निकाल्ने हो भने विशेष महाधिवेशनले...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
पूर्वमन्त्री दीपक खड्काले बनाएका संरचनामा महानगरको डोजर
काठमाडाैं । काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री दीपक खड्काले बनाएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । बिहीबार प्रहरीहरु...
-
अमेरिकामा सरकारी कामकाज सञ्चालन गर्ने विधेयकमाथि मतदानको तयारी
वासिङटन डीसी । अमेरिकामा इतिहासकै सबैभन्दा लामो ४२ दिनको सरकारी कामकाज बन्द अन्त्य गर्न संसदले विधेयकमाथि मतदान गर्न तयारी गरेको...
-
एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टर के हो ? नेतृत्व नेपालले सम्हाल्यो
काठमाडौं । एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व आजदेखि नेपालले गरेको छ । थाइल्याण्डको बैंककमा आज सम्पन्न एडिपिसिको बोर्ड अफ ट्रष्टिजको...
-
भीम रावल नेतृत्वको अभियान र नेकपाबीच ७ बुँदे सहमति
काठमाडौँ । भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच ७ बुँदे सहमति भएको छ...
-
‘फागुन २१ गते निर्वाचनमा सहभागी नभए व्यवस्था नरहने खतरा’
काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनमा नगए व्यवस्था नरहने खतरा औंल्याएका छन्।...
-
यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती
काठमाडौं । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास...
-
मुख्यमन्त्री र मन्त्री नियुक्तिविरुद्ध आज पनि मधेशमा आन्दोलन
जनकपुरधाम । मधेश प्रदेशमा नेकपा एमालेको मुख्यमन्त्री नियुक्तिपछि आन्दोलनरत सात दलले बुधबार पनि आन्दोलन जारी रहने जनाएको छ । मंगलबार...












