दिल्लीमा वायु प्रदूषण उच्च, दैनिक सीमाभन्दा १६ गुणा बढी एक्यूआई
नयाँ दिल्ली । भारतको सङ्घीय राजधानी दिल्लीमा वायु प्रदूषण उच्च भएको छ । दिल्लीमा वायु गुणस्तर मापन सूचक एक्यूआई ३०० सम्म पुगेको बीबीसी हिन्दीले जनाएको छ । याे सीमा मानव स्वास्थ्यका लागि घातक हो । विश्व स्वास्थ्य सङ्गठनले एक्यूआई ४० सम्म हुनुलाई स्वस्थ मानेको छ ।
दिल्लीमा केही दिनदेखि दैनिक रूपमा यो सीमाभन्दा १६ गुणा बढी प्रदूषण हुने गरेको छ । झन्डै ३ करोडभन्दा धेरै जनसङ्ख्या रहेको दिल्ली र यसको विशाल महानगरीय क्षेत्र हरेक वर्षजस्तै यस पटक पनि विश्वका सबैभन्दा प्रदूषित राजधानीहरूमध्ये एक बनेको छ ।
जाडो मौसम शुरू हुनासाथ दिल्लीको आकाश बाक्लो धूवाँले ढाकिने परम्परा झैँ बन्दै आएको छ । खेतमा कृषि अवशेष जलाउने, कारखानाबाट निस्कने धूवाँ र गाडीका उत्सर्जन मिसिएर घातक धूवाँको तह तयार हुन्छ । यस्तै दीपावली पर्वका अवसरमा भएको आतशबाजीले थप प्रदूषण वृद्धि हुने भएको छ ।
भारतको वायु गुणस्तर व्यवस्थापन आयोगले आउँदा दिनहरूमा हावाको गुणस्तर अझ बिग्रने चेतावनी दिएको छ । आयोगले डिजेल जेनेरेटरको प्रयोग घटाउन र निरन्तर बिजुली आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ ।
वायु प्रदूषण दिल्लीका बासिन्दाहरूका लागि दीर्घकालीन स्वास्थ्य जोखिम बन्दै गएको छ । द ल्यान्सेट प्लानेटरी हेल्थमा सन् २०२३ मा प्रकाशित एक अध्ययन अनुसार सन् २००९ देखि २०१९ सम्म भारतमा वायु प्रदूषणका कारण झन्डै ३८ लाख मानिसले ज्यान गुमाएका थिए । संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले चेतावनी दिँदै प्रदूषित हावाले बालबालिकालाई तीव्र श्वासप्रश्वास सङ्क्रमणको उच्च जोखिममा पारिरहेको बताएको छ ।
Comments
अरु समाचार
-
एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा हुने !
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ। मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका...
-
एनपीएल दोस्रो सिजनको पहिलो खेलका सबै टिकटहरू ‘सोल्ड आउट’
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको पहिलो खेलका टिकटहरू सबै बिक्री भएका छन् । खल्ती मोबाइल वालेटबाट टिकट...
-
दोस्रो संस्करणको एनपिएल बन्दैछ ऐतिहासीक, ‘सबै तयारी पूरा भयाे’ : क्यान
काठमाडौं । भोली मंसिर १ गते सोमबारबाट सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको क्यानले...
-
आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, काे-काे हुन्छन् सहभागी ?
काठमाडौं । आज आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्दैछ । गृहमन्त्री ओमप्रकाश अर्यालले दिउसो तीन बजे बस्नेगरी केन्द्रीय सुरक्षा समितिको...
-
नयाँ दल दर्ताका लागि दिएको समय आज सकिँदै,आयोगमा दर्ता हुने दलको सङ्ख्या १२६ पुग्याे !
काठमाडौं । निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि दिएको समय आज सकिँदै छ । आयोगले आगामी फागुन २१ गतेका लागि...
-
एनपिएल खेल्न नेपाल आइपुगे न्युजिल्यान्डका ‘गप्टिल’
काठमाडौं । न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न नेपाल आईपुगेका छन् । यस सिजनमा...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाली कम्युनिस्ट पार्टीसंगको एकता वार्तापछि जसपाले बोलायो बैठक
काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीसंग अशोक राई नेतृत्वको जनत समाजवादी पार्टीको एकीकरणको वार्ता सघन रुपमा अघि बढेको छ । एकता...
-
यस्तो छ एनपीएल दोस्रो संस्करणका निम्ति सार्वजनिक टिकट मूल्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति टिकट मूल्य सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार,...












