मन्त्रिपरिषद्ले गरेका ११ निर्णय सार्वजनिक (सूचीसहित)
काठमाडौं । मन्त्रिपरिषद्को पछिल्लो बैठकमा भएका निर्णयहरू सार्वजनिक भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको बैठकका निर्णयहरू सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएअनुसार, गृह मन्त्रालयको सिफारिसमा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा हुने ९३औँ इन्टरपोल महासभामा सहभागी हुन स्वीकृति दिने निर्णय गरिएको छ।
त्यसैगरी, बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त स्थान पूर्तिका लागि आगामी २०८२ माघ ११ गते आइतबारका दिन निर्वाचन गर्ने मिति तय गरेको छ।
यसबाहेक, विभिन्न सरकारी निकायका सेवाहरूले प्रचलित कानूनी व्यवस्था अनुसारका सुरक्षा मापदण्ड पूरा गरेको प्रमाणित भएमा ती निकायलाई विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीमा पहुँच प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय :
१. संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची २ मा हेरफेर गर्ने । (पदाधिकारी तथा सदस्यको सचिवालयको दरबन्दी घटाइएको)
२. २०८२ मंसिर ६ देखि १३ गतेसम्म पेरूमा आयोजना हुने इन्टरनेसनल ट्रेटी अन प्लान्ट जेनेटिक रिसोर्स फर फूड एण्ड एग्रिकल्चरको ओभर्निङ बडीको ११औँ अधिवेशनमा सहभागि हुन डा. गोविन्द प्रसाद शर्मालाई स्वीकृति दिने ।
३. २०८२ मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३औँ इन्टरपोल महासभामा सहभागि हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई स्वीकृति दिने ।
४. राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि २०८२ माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने ।
५. देहायका सेवाहरूलाई प्रचलित कानूनले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको भनी विद्युतिय प्रणालीमार्फत राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीमा रहेको तथ्याङ्कमा पहुँच उपलब्ध गराउन सक्ने गरी सेवा तोक्ने :
–वैदेशिक रोजगार सम्बन्धी
–अदालतका मुद्दा व्यवस्थापन सम्बन्धी
–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति सेवासम्बन्धी
–स्थानीय तहको पञ्जीकरण, नागरिकता, सामाजिक सुरक्षा, राहत तथा विपद् व्यवस्थापन सम्बन्धी
अध्यागमन सेवासम्बन्धी
–बन्दीको पहिचान, प्रमाणिकरण तथा बन्दीहरूका विवरण सम्बन्धी
६. समरजंग कम्पनी कार्यालयलाई गृह मन्त्रालयअन्तर्गत रहने गरी संगठन तथा व्यवस्थापन संरचना गर्न पूर्ण स्वीकृति दिने ।
७. बेल्जियमको ब्रसेल्समा आयोजना हुने नेपाल–युरोपेली संघबीचको संयुक्त आयोगको सोह्रौँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधिमण्डललाई स्वीकृति दिने ।
८. कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फर सोसियल डेभलपमेन्ट कार्यक्रममा २०८२ कात्तिक १७ देखि २० गतेसम्म सहभागी हुन सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने ।
९. नेपाली सेनाका एक जना प्रमुख सेनानीलाई महासेनानीमा र एक जना सहायक रथीलाई उपरथीमा बढुवा गर्ने ।
१०. २०८२ मंसिर १ देखि ३ गतेसम्म थाइल्यान्डको बैंककमा आयोजना हुने छैटौं सेसन अफ द टोकियो कन्भेन्सन कमिटी/नवौँ सेसन अफ द बैंकक कन्भेनसन कमिटी कार्यक्रममा सहभागि हुन सचिव (शिक्षा) श्री चूडामणि पौडेललाई स्वीकृति दिने ।
११. छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने ।
Comments
अरु समाचार
-
‘नियमित महाधिवेशन गर्न नेताहरू र बहुमतले नमाने विशेष महाधिवेशन’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि पार्टीको नियमित महाधिवेशन गर्न नसक्ने निष्कर्ष पार्टीले निकाल्ने हो भने विशेष महाधिवेशनले...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
पूर्वमन्त्री दीपक खड्काले बनाएका संरचनामा महानगरको डोजर
काठमाडाैं । काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री दीपक खड्काले बनाएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । बिहीबार प्रहरीहरु...
-
अमेरिकामा सरकारी कामकाज सञ्चालन गर्ने विधेयकमाथि मतदानको तयारी
वासिङटन डीसी । अमेरिकामा इतिहासकै सबैभन्दा लामो ४२ दिनको सरकारी कामकाज बन्द अन्त्य गर्न संसदले विधेयकमाथि मतदान गर्न तयारी गरेको...
-
एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टर के हो ? नेतृत्व नेपालले सम्हाल्यो
काठमाडौं । एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व आजदेखि नेपालले गरेको छ । थाइल्याण्डको बैंककमा आज सम्पन्न एडिपिसिको बोर्ड अफ ट्रष्टिजको...
-
भीम रावल नेतृत्वको अभियान र नेकपाबीच ७ बुँदे सहमति
काठमाडौँ । भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच ७ बुँदे सहमति भएको छ...
-
‘फागुन २१ गते निर्वाचनमा सहभागी नभए व्यवस्था नरहने खतरा’
काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनमा नगए व्यवस्था नरहने खतरा औंल्याएका छन्।...
-
यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती
काठमाडौं । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास...
-
मुख्यमन्त्री र मन्त्री नियुक्तिविरुद्ध आज पनि मधेशमा आन्दोलन
जनकपुरधाम । मधेश प्रदेशमा नेकपा एमालेको मुख्यमन्त्री नियुक्तिपछि आन्दोलनरत सात दलले बुधबार पनि आन्दोलन जारी रहने जनाएको छ । मंगलबार...












