मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले २४ घण्टा भित्र विश्वासको मत लिनुपर्ने सर्वोच्च अदालतको आदेश संविधान विपरित ढंगले आएको जिकिर गर्दै ओलीले आपत्ति जनाएका हुन् ।
मंगलवार पार्टीको वन तथा वातावरण विभागले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो फैसला संविधान र कानून हेरेर नभई व्यक्ति-समूहको अनुहार हेरेर आएकाले आफू आश्चर्यचकित भएको टिप्पणी गरे ।
ओलीले अदालतले परिस्थिति, मान्छे हेरेर नभई संविधान, कानून र न्याय हेरेर फैसला गर्नुपर्ने समेत स्पष्ट पारे । यस्तै, अदालतले आफ्नो र संविधानको मर्यादा कायम गर्न वाञ्छनीय हुने पनि बताए ।
संविधानले ३० दिनभित्र विश्वासको मत लिने पाउने व्यवस्था स्पष्ट गरेपनि सर्वोच्च अदालतले त्यस विपरित एक महिना नपुग्दै २४ घण्टाभित्र विश्वासको मत लिन मधेस प्रदेशको मुख्यमन्त्रीलाई दिएको परमादेश कुनै हिसावले पनि सही नभएको ओलीको भनाई थियो । उसोतः मधेसका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने भएका छन् ।
Comments
अरु समाचार
-
धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरुको पहिचान खुल्यो, ८ गम्भीर
विराटनगर । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १...
-
दुर्गा प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगले साइबर ब्यूरोलाई दियो निर्देशन
काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई...
-
कांग्रेस आधिकारिकता विवाद : देउवा समूहको रिट सर्वोच्चमा दर्ता, माघ ६ गतेलाई तोकियो पेसी
काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट...
-
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा राजीनामा
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका छन्। संघीय...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
मेयर बालेनले आज राजीनामा दिँदै, अरु दिनको राजनीतिक गतिविधि कस्तो ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आगामी दिनमा अघि बढाउने राजनीतिक गतिविधिको विस्तृत तालिका सार्वजनिक भएको छ। प्राप्त जानकारीअनुसार...
-
राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदै, यस्तो छ कार्यसूची
काठमाडौँ । राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदै छ । नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका...
-
गगन थापा समूहका महामन्त्री विधानतः अवैधानिक
काठमाडौं । निर्वाचन आयोगका अधुरा र अपुरा निर्णयले नेपाली कांग्रेसभित्र थप विवाद निम्त्याइरहेको छ । नेपाली कांग्रेसको वैधानिकता सम्बन्धी विवादबारे...
-
प्रतिनिधिसभा सदस्य निर्वाचन ४६ दिन बाँकी : आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास
काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग...











