लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा स्विकृत गराएका छैनन् ।
नेपाल खानेपानी संस्थानको कर्मचारी नियामावलीको शर्त अनुसार उनीले संस्थानको पदबाट राजिनामा स्वीकृत गराएमात्र विकास कोषको नियुक्ति दिनु पर्ने बाध्यातमक अवस्था रहेको देखिएको छ । तर, दिपकले त्यो पालना गरेको देखिएको छैन । उनी रातारात विकास कोषको सदस्य सचिवको नियुक्ति लिएर कोषको कार्यालयमा हाजिर बनाउन गएका छन् ।
उनले जेन्जी सरकारको प्रधानमन्त्री शुशिला कार्कीका स्वकिय सचिव आर्दशकुमार श्रेष्ठलाई मोटो रकम ठेकि दस्तुर बुझाएर नियुक्ति लिन सफल भएका हुन । उनको नियुक्ति मंसिर ४ गतेको क्याविनेट बैठकले गरेको थियो तर, तत्कालीन मुख्य सचविले उनको नियुक्तिलाई प्रमाणीकरण नगरिदिदाँ नियुक्ति निष्कृय भएको थियो ।
त्यसपछि पुनः मंसिर १५ गतेको क्याविनेट बैठकले श्रेष्ठलाई लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्ति गरेको हो । उनलाई चाँडो चाँडो कोषको कार्यालयमा हाजिर गराउन संस्कृति तथा पर्यटन नागारिक उद्ययान मन्त्रालयको सचिव नै फेरफेर गरिएको थियो ।
यसरी हतार हतार र दुई दुई पटक क्याविनेट प्रस्ताव लगेर नियुक्ति गर्नु पर्ने बाध्यता के थियो ? यो प्रश्न निक्कै पेचिलो बन्दै गएको छ ।
यसरी स्वार्थ समुहहरुले आफ्नो स्वार्थपुर्ति गरेको प्रष्टसँग देखिदाँ समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीहरु र आयुक्तहरुले आँखा चिम्लेर, कान बन्द गरेका बस्नुको रहस्य अचम्मकै देखिएको छ ।
श्रेष्ठ नेपाल खानेपानी सस्थानमा एउटा एक पाने राजिनामा दिएका छन । तर, उक्त राजिनामाको सनाखत भएर स्वीकृति भने भएको छैन । उनी संस्थानको पद लियनका रुपमा राख्ने प्रयासमा लागेका छन । यसरी संस्थानको पद लियन राख्न संस्थानको कर्मचारी विनियम र लुम्बिनी विकास कोषको कर्मचारी विनियम विपरीत हुने देखिएको छ ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...
-
पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सबैभन्दा ठुलो दल बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ ।...











