शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी ग्रुपले भ्रमपूर्ण समाचार फैलाएको भन्दै आपत्ति जनाएको छ ।
काठमाडाैं जिल्ला अदालतको हवाला दिदै सिजी मोटर्स र उनीहरु संबद्ध विभिन्न संस्थाहरुले एम्बर मोटर्स प्रा.लिलाई नियोसी ब्राण्डका इलेक्ट्रिक सवारी बिक्री तथा आयातमा रोक लगाएको भन्दै भ्रम सिर्जना गरेपछि एम्बर मोटर्सले कडा आपत्ति जनाएको हो ।
पुस ८ गते जारी भएको जिल्ला अदालत काठमाडाैंको आदेशमा सि.जि. मोटर्स प्रा.लि. र चिनियाँ कम्पनी चोङछिङ कुवायुविरुद्ध (CHONGOING KUAYUE (Group) CO., LTD ) बीच करारको विवादसँग सम्बन्धित रहेको र यहि कारणले नियोसी (NEOSEA) इलेक्ट्रिक भ्यानको आयात र बिक्रीमा कुनै पनि रोकावटको विषय उल्लेख नभएको बताइएको छ ।
‘एम्बर मोटर्स प्रा.लि.ले बिक्रि र अफ्टर सेल्स सेवामा निरन्तर उत्कृष्टता र ध्यान पुर्याउने सुनिश्चित गर्दै, नियोसी इलेक्ट्रिक भ्यानको बिक्री र सेवा कार्यलाई बिना कुनै समस्याका अघि बढाइरहेको छ। यस सन्देशलाई साझा गर्दै सबैलाई बुझ्नका लागि हाम्रो अनुरोध छ।’ विज्ञप्तिमा भनिएको छ ।
यो पनि पढ्नुहोसः केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
उसोतः सिजी मोटर्सले चिनियाँ कम्पनीसंगको सम्झाैतामा नेपाल र चीनको अदालतमा मुद्दा नै नचल्ने सहमति गरेका थिए । त्यो सहमतिअनुसार उनीहरुले सिंगापुरमा विवाद समाधानका निम्ति जानुपर्ने थियो । तर, विनोद चाैधरीले शक्तिको आडमा नेपालमै राइदाईं गर्न खोज्दा समेत उच्च अदालत पाटनले सिजीको विरुद्धमा यसअघि नै आदेश जारी गरिसकेको थियो ।
सम्बन्धित समाचार शीर्षकः विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...
-
पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सबैभन्दा ठुलो दल बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ ।...











