राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा राजीनामा
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका छन्। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार श्रेष्ठले आज राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका हुन्।
राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर श्रेष्ठ प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा छन्। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सी उम्मेदवारी दर्ताको समय रहेकामा त्यसको दुई दिन अगाडि उनले राजीनामा दिएका हुन्।
श्रेष्ठले यसअघि २०७० सालमा मकवानपुर र २०७४ सालमा गोरखाबाट प्रतिनिधिसभा निर्वाचन लडेका थिए। त्यसपछि उनी २०७६ सालमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेर निर्वाचित भएका थिए। ६५ वर्षीय श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै थियो।
एक महिना अगावै राजीनामा दिएर उनी प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचनमा जाने तयारी गरेका हुन्।
Comments
अरु समाचार
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग
काठमाडाैं । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा...
-
काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा
काठमाडौं । काठमाडौंमा वायुको गुणस्तर खराब बन्दै गएको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले अस्वस्थताको तह नाघेको छ ।...
-
नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा साढे ७ वर्षको जेल सजाय
काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ । उनका...
-
प्राधिकरणले कर्मचारीलाई भन्यो- सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादाको ख्याल गर
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएको छ...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२...
-
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी...
-
कोइलाखानी विस्फोटमा दाजुभाइको मृत्यु
काठमाडौं । भारतको उत्तर पूर्वमा पार्ने मेघालय राज्यको एक कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिकाका एकै घरका २ दाजुभाइको...











