श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसी भारतमा, श्रमजीवीका विषयमा घनीभूत छलफल
काठमाडौं । श्रमजीवी पत्रकार संघ हरियाणाको निमन्त्रणमा श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसी यतिबेला भारतको हरियाणामा श्रमजीवी विशेष कार्यक्रममा सहभागिता जनाइरहनु भएको छ । पत्रकारका समान मुद्धामा सहकार्य गर्ने उद्देश्यले अध्यक्ष जैसी हरियाणा प्रदेशका ७ जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागिता जनाइरहनु भएको हो । नयाँ दिल्ली र हरियाणाका विभिन्न जिल्लाका पत्रकार संघसंगठनहरुले अध्यक्ष जैसीसँग छलफल, भेटघाटलगायतका कार्यक्रम गर्दै भव्य स्वागत गरेका छन् ।
दुई देशका श्रमिक संघठनबीच पेसागत हकहित, मर्यादा, अधिकार, आत्मनिर्भरता, पेसागत पारदर्शिता, पेसाको सम्मान बढाउनेलगायत विषयमा छलफल भएको हरियाणाबाट अध्यक्ष जैसीले यस सञ्चार माध्यमलाई जानकारी दिनु भयो । नेपाल अध्यक्ष जैसी भन्नुहुन्छ, ‘दक्षिणा एसियाकै ट्रेड युनियन पत्रकारहरुबीच एउटा संयुक्त मोर्चाका साथ साझा अभियान बनाएर अघि बढ्ने विषयमा छलफल भएको छ ।’
छलफल कार्यक्रममा सहभागी हुँदै अध्यक्ष जैसीले श्रमजीवी पत्रकारहरूको पेसागत हकहित, मर्यादा र अधिकारका विषयमा नेपाल र भारतका पत्रकार संगठनहरूबीच सहकार्य र एकताको आवश्यकतामा जाेड दिनुभयो । उहाँले दुई देशका संगठनहरू एउटै मञ्चमा उभिएर साझा मुद्दामा काम गर्नुपर्नेमा जोड दिनु भएको छ । जैसी भन्नुहुन्छ, ‘यी दुई देशका संस्थाहरुबीचको भेलाको उद्देश्य भनेको जुनसुकै देशका पत्रकारहरु पेसागत हिसावले एकै हुन्छन् भन्ने हो ।’
अध्यक्ष जैसीले यस भ्रमणलाई दक्षिण एसिया क्षेत्रमै श्रमजीवी पत्रकारहरूको साझा संगठन निर्माण गर्ने पहलका रूपमा पनि महत्वपूर्ण भएको उल्लेख गर्नु भएको छ । उहाँले क्षेत्रीय स्तरमा एकीकृत आवाज उठाउन सके पत्रकारहरूको हकहित अझ प्रभावकारी रूपमा संरक्षण गर्न सकिने विश्वास व्यक्त गर्नु भएको छ। अध्यक्ष जैसीको भ्रमणले नेपाल–भारतबीचका पत्रकार संगठनहरूबीच सम्बन्ध अझ सुदृढ बनाउने र भावी सहकार्यका लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।

Comments
अरु समाचार
-
सेयर बजारमा सोमबारदेखि नयाँ सर्किट ब्रेकको व्यवस्था लागु हुँदै
काठमाडौं । सोमबारदेखि सेयर बजारमा नयाँ सर्किट ब्रेकको व्यवस्था लागु हुने भएको छ । नेप्सेले हालको कारोबार सञ्चालक विनियमावली संशोधन...
-
एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन
काठमाडौं । आक्रामक रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन ५३ वटा फर्मको...
-
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरूले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन...
-
विद्युतीय भुक्तानी कार्डमा राष्ट्र बैंकको कडाई, एकीकृत निर्देशन २०८२ जारी
काठमाडौं । नेपाल राष्ट्र बैंक ले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ जारी गर्दै विद्युतीय भुक्तानी कार्ड सञ्चालनमा थप स्पष्टता र...
-
आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ ।...
-
डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा ५ रुपैयाँले बढ्याे, अझै अत्यधिक घाटा निगम
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज मध्यरातिदेखि लागू हुने गरी डिजल, मट्टीतेल र...
-
आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु हुँदै
काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका...
-
निगमकाे स्पष्टाेक्ति : १५ दिनमा सात अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा
काठमाडाैं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै जाँदा घाटा व्यहोर्नु परिरहेको जनाएको छ ।पछिल्लो समय...
-
पूर्वाधारका पर्खाइमा सोवाङधुरी, हिमाल र सुर्योदय हेर्न आकर्षकस्थल
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सोवाङधुरी पर्यटक र पूर्वाधारका पर्खाइमा छ । समुन्द्रि सतहदेखि तीन हजार ९४० मिटर...












